ग्रेटवाललाई पराजित गर्दै एडीलेड खुकुरी फुटबल क्लब दोस्रो चरणमा प्रबेश - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ग्रेटवाललाई पराजित गर्दै एडीलेड खुकुरी फुटबल क्लब दोस्रो चरणमा प्रबेश



प्रेलिमिनरि कप खेलमा ग्रेटवाललाई पराजित गर्दै एडीलेड खुकुरी फुटबल क्लब दोस्रो चरणमा प्रबेश

साउथ अस्ट्रेलियन अमेचार लिग अन्तर्गत सोमबार भएको खेलमा एडीलेड खुकुरी फुटबल क्लबले एडीलेड ग्रेट वाललाई २-१ गोलको अन्तरले पराजित गरेको छ। यससंगै एडीलेड खुकुरी फुटबल क्लब दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ।

उक्त खेलमा खुकुरी फुटबल क्लबले राम्रो सुरूवात गरेको थियो । खेलको केही समयमा नै राज़िश महर्जनले दमदार गोल गर्न सफल भएका थिए । त्यसको केही समयमा रकम लिम्बुले अर्को गोल गर्न सफल भए । २-० ले पछी परेको ग्रेट वालले खेलमा फर्किन निकै प्रयास गरे पनि मध्यान्तरको अन्त्य तिर मात्र एक गोल फर्काउन सफल भयो ।

दोस्रो हाफमा ग्रेटवालले खेलमा फर्कन नै प्रयास गरे पनि एडीलेड खुकुरी फुटबल क्लबले मजबुत रक्षा पंक्तिको अगाडी सफलता प्राप्त गर्न सकेन। खेलको अन्त्य तिर पाएको पेनाल्टी किक़ पनि गोलमा परिणत गर्न असफल भयो । खुकुरी फुटबल क्लबका गोलकिपरले राम्रो बचाउ गर्दै बललाई बाहिर फालीदिएका थिए ।

डिभिजन ५ को समूहमा रहेको एडीलेड खुकुरी फुटबल क्लबले आफु भन्दा माथि डिभिजन-४ मा रहेको टिमलाई पराजित गरे संगै क्लबका सदस्यहरु अझै उत्साहित भएको क्लबका सचिब राजन लमिछानेले बताए । लमिछानेलेका अनुसार आगामी लिग खेल माउन्ट कम्पससंग उसकै घरेलु मैदानमा अप्रिल २३ तारिक दिन हुनेछ । सो खेलमा नेपाली समुदाय बाट खेलमा समर्थन गर्न जानेहरुको लागि यातायातको समेत व्यवस्था गरिएको छ । बस स्टप १९ ग्रिनहिल रोड बाट दिउसो १२ :४५ मा छुट्नेछ भने बेलुका ६ बजे सोहि स्थानमा फर्किने बताईएको छ ।