अखिल क्रान्तिकारीद्वारा पाणिनी बहुमुखी क्याम्पसमा उम्मेदवारी घोषणा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अखिल क्रान्तिकारीद्वारा पाणिनी बहुमुखी क्याम्पसमा उम्मेदवारी घोषणा



हरि प्रसाद भुषाल /अर्घाखाँची

स्वतन्त्र बिद्यार्थी  युनियन पाणिनी बहुमुखी क्याम्पसको चुनाव नजकीदै गर्दा नेकपा माओवादी केन्द्र निकटको बिद्यार्थी  संगठन अखिल क्रान्तिकारीले उम्मेदवारी घोषणा गरेको छ ।

सन्धिखर्कमा आज पत्रकार सम्मेलनको आोजना गरी क्रान्तिकारीले प्रत्यक्ष तर्फका ६ जनाको उम्मेदवारी घोषणा गरेको हो ।जस अन्तरगत क्रन्तिकारीले अध्यक्षमा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य समेत रहेका लक्ष्मण खड्कालाई अगाडी सारेको छ ।

कायर्यक्रममा क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका पाँच नं. प्रदेश सह संयोजक नारायण खनालले आफुहरुले उठाएका मुद्धाहरुकै फलस्वरुप चुवान हुन लागेको भन्दै क्रान्तिकारीमा मतदान गर्न आम विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।

चुवानमा खासगरी पूर्व माओवादी निकटका विद्यार्थीहरु विच तालमेलको सम्भावना भैरहेको भन्दै खनालले आफुहरुको जित सुनिश्चित भएको दावी समेत गरेका थिए ।कार्यक्रम लक्ष्मण खड्काको अध्यक्षता र शारदा पाण्डेको संचालनमा सम्पन्न भएको हो ।