अखिल क्रान्तिकारीको पहिलो चुनाव, अनिल शर्मासँग तामाङ र अर्याल भिड्दै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अखिल क्रान्तिकारीको पहिलो चुनाव, अनिल शर्मासँग तामाङ र अर्याल भिड्दै



काठमाडौँ –

अखिल क्रान्तिकारीमा पहिलो पटक चुनाव हुने भएको छ ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारीको मनोनयन दर्ता गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराएका छन्।  मनोनयन दर्तासँगै क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ ।

मल्लका अनुसार ३३ पदाधिकारीसहित २ सय ४३ पदका लागि करिब ३ सयले उम्मेदवारी दर्ता गराएको हो । नयाँ नेतृत्वका लागि मंगलबार निर्वाचन हुनेछ । क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन बुधबारदेखि चले पनि सहमतिमा नेतृत्व चयन हुन नसक्दा लम्बिएको हो ।