अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुँदै, अनिल शर्माको पल्ला भारी । - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुँदै, अनिल शर्माको पल्ला भारी ।



 काठमाडौँ/भदौ ६  ।

नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन भदौ ७ देखि ११ गते सम्म काठमाडौँमा हुने भएको छ ।
भातृ सङ्गठनको सम्मेलन भए पनि केन्द्र सम्म नै प्रभाव रहेको छ । २१औं सम्मेलन गर्ने मिति घोषणा सँगै सङ्गठन देखी माथिल्लो स्तर सम्म यती बेल्ल हल्ली खल्ली मच्चिन सुरु भएको छ ।

अहिले सम्म सर्वसम्मत नेतृत्व चयन गर्न सफल यो सङ्गठनमा अहिले भने निर्वाचनबाट नेतृत्व छान्ने सम्मको अवस्था आउन सक्ने जानकारहरु बताउंछन ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गर्ने तर, विकल्प नभए चुनावमा जाने र विवाद रहित नेतृत्व चयन गर्न पहल भइरहेको क्रान्तिकारीका एक नेताले जानकारी दिए ।

प्रमुख रूपमा अध्यक्षको लागि दाबेदार मानिएका अहिलेका उपाध्यक्ष अनिल शर्मा, रामचन्द्र अधिकारी, रन्जित तामाङ, उत्तम अधिकारी र खुशिराम चौधरी हुन । उम्मेद्वारहरु छलफलमा जुटिसकेका छन् ।

अनिल शर्मा सङ्गठनमा अध्यक्षको प्रमुख दाबेदार रहेका छन् । उनी वैचारिक रूपमा सङ्गठन भित्र स्थापित छन् । सङ्गठनलाई सुगठिट गर्न सक्छन् । उनको स्वब्यु निर्वाचन देखी स्थानीय निर्वाचनमा राम्रो भूमिका रहेको चर्चा चलेको थियो ।

रामचन्द्र अधिकारी वैचारिक रूपमा क्रान्तिकारीभित्र अब्बल छन् छन् ।

रन्जित तामाङ वैचारिक र संगठक मानिन्छन् । उनी सङ्गठनलाई मिलाउन सिपालु छन्

यो सम्मेलनले माओवादी केन्द्रका नेताहरूलाई पनि असर गर्ने देखिन्छ, भने सङ्गठनलाई नयाँ ऊर्जा दिने अवसर पनि हुनेछ ।

कस्तो हुनेछ संरचना ?

सम्मेलनमा अखिलमा २५ सदस्यीय पदाधिकारी सहित एक सय ९९ जनाको केन्द्रीय समिति निर्वाचित हुने छन् । जसमा १ अध्यक्ष,उपाध्यक्ष ६(खुल्ला ३, १महिला, १ मधेसी, १मनोनित) महासचिव १, उपमहासचिव ३(२ खुल्ला, १ महिला) सचिव १३ (७ प्रदेशबाट ७ जना, महिाला २, मधेसी तथा मुस्लिम १, जनजाति १, दलित १, विवि÷विभाग÷कार्यलय १) र कोषाध्यक्ष १ हुने छन् ।