यातायात, श्रम र मालपोतमा अख्तियारको अड्डा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

यातायात, श्रम र मालपोतमा अख्तियारको अड्डा



 

भदौ १, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बढी सेवाग्राहीको बढी घुइँचो हुने तथा भ्रष्टाचार हुने सरकारी कार्यालयहरूमा सचेतनामूलक होडिङ बोर्ड राख्ने भएको छ ।

आयोगले शुक्रबारदेखि नै ‘राष्ट्रसेवक कर्मचारीहरूले घूस मागेमा १०७ मा फोन गर्नुहोला’ भन्ने व्यहोराको होडिङ बोर्ड सरकारी कार्यालयमा राख्ने तयारी गरेको जनाएको छ ।

जसअन्तर्गत पहिलो चरणमा बढी भ्रष्टाचार हुने देखिएका स्थानमा यस्तो होडिङबोर्ड राखिने अख्तियारले बताएको छ ।

यातायात कार्यालय, श्रम कार्यालय र मालपोत तथा नापी कार्यालयमा यस्तो होडिङ बोर्ड राख्ने जनाइएको छ ।
यस्तो बोर्ड सर्वसाधारणले देखिने स्थानमा कार्यालयको अगाडि राखिने आयोगले बताएको छ । पहिलो चरणको कार्यको प्रभावकारीता हेरेर यसलाई विस्तार गर्दै लाने आयोगले जनाएको छ ।

आयोगका अनुसार हटलाइनबाट आएको सूचनाको तत्काल सम्बोधन गरिनेछ ।