अलपत्रकारले खुट्टा तान्दैमा रवि लामिछाने थाक्दैन् ! « Himal Post | Online News Revolution
Logo

अलपत्रकारले खुट्टा तान्दैमा रवि लामिछाने थाक्दैन् !



-दीपक घिमिरे

बुझ्ने हरू जसरी बुझुन तर म पत्रकारलाई दुई तरिका ले बुझ्दछु । सामाजिक मूल्य अनि मान्यतालाई कदर गर्दै मानवता , न्याय अनि सुशासनका निम्ति खटने पत्रकारका आफ्नै परिभाषा होलान् र छन् पनि । तर म पत्रकारलाई आफ्नै तरिकाले बुझ्दै आएको छु ।
नेपाली समाजमा हैसियत बनाउने पत्रकारहरु लाई मैले दुई भागमा विभाजन गरेर हेर्ने गरेको छु । त्यो मध्य एक हो पत्रकार अनि अर्को हो अलपत्रकार ।

पत्रकारहरु सधैँ समाजका निम्ति खटछन अनि अलपत्रकारहरु चैँ त्यही समाजमा बस्ने सीमित हुनेखाने वर्गका निम्ति खटिन्छन । आवाजहिन हरुको आवाज बोलेर पत्रकारहरु हिट हुन्छन् भने अलपत्रकारहरु चैँ आर्थिक रूपमा सबल मान्छेको भजन गायर हिट हुन्छन् ।

अलपत्रकारहरु आफूलाई क्रियाशील र व्यावसायिक पत्रकार देखाउन खुब नाटक मञ्चन गर्छन् अनि सीमित पहुच बालाको भजन गाउदै दुई चार अक्षर कोर्छन अनि सामाजिक प्रतिष्ठा कमाउन आफूलाई पत्रकारको परिचयले ढाक्छन ।

मैले यहाँ अलपत्रकारहरुको खोईरो खनिरहदा कति हैसियत बिहिन पत्रकारहरु निधार खुम्च्याउदै होलान् भने कति व्यावसायिक र क्रियाशील पत्रकारहरु चैँ खुसी पनि होलान् । म कसैलाई खुसी पार्न यो लेख तयार पार्दै गरेको होइन , र कसैलाई हदै सम्म गिराउन पनि यो लेख लेख्दै छैन । यति बेला चर्चामा रहेका एक जना पत्रकारको बारेमा एउटा अलपत्रकारले लगाएका आरोपलाई खण्डन गर्न केही लेख्दैछु ।
समयको कालखण्ड सँगै समाजले केही राम्रा पत्रकार पाउछ । तर केही राम्रा खोल मात्र ओढेका हुन्छन् भने केही साँच्चै राम्रा हुन्छन् । हिजो प्रेम बानियाँ निक्कै राम्रा पत्रकारमा गनिन्थे । उनको हैसियत एक्कासि माथि उक्लियो । नेपाली जनतालाई स्वाभिमानी नारा जप्न लगायर आफू चैँ सुटुक्क आर्थिक हैसियत सुधार्न पलायन भएका बानियाँको हैसियत बेलैमा थाहा भयो ।

बानियाँ पलायन भए सँगै स्वदेश भित्रीए रवि लामिछाने । छोटो समयमै रवि यसरी उदाए कि मानौ उनी भित्र सम्बृद्ध नेपालको सपना छ । उनी एउटा पत्रकार मात्र होइन आवाजहिनहरुको अबिभावक नै बनेर उदाए । पीडितलाई न्याय दिलाउन , पिडकलाई सजाय दिलाउन उनी अहोरात्र खटिए । उनी पत्रकारिताकै माध्यम बाट समाज परिवर्तनको बाटो खन्दै गर्दा एउटा अलपत्रकारले उनीमाथि अनेक आरोप लगाउन सुरु गरे ।

अन्यायमा परेकालाई न्याय दिन अघि सरेका रवि लामिछानेलाई खुट्टा तान्न एउटा झुण्ड नै तयार भयो सायद । राजनैतिक ईस्यु हुन्थ्यो भने हामी वैदेशिक षडयन्त्र भनेर खुब फलाक्थ्यौ होला तर एउटा सामाजिक रूपान्तरणका लागि खटिने पत्रकार माथिको अन्याय थियो , सुन्यौ तर केही बोलेनौ ।

अन्तमा उनले आफै आफ्नै कार्यक्रम मार्फत सफाया दिन बाध्य भए । उनले आफ्ना कमी कमजोरी आफ्नै मुख बाट बक्दै गए । जुन कमी कमजोरी उनले बताउँदै गए , त्यही विषय बस्तुले उनी झन् हिट हुँदै गए । हो उनी भित्र पनि कमिकमजोरी पक्कै होलान् तर एउटा अलपत्रकारले जुन आरोप उनीमाथि लगाएको थियो , त्यही आरोपले उनको देश प्रतिको माया झन् आकासियो , झन् धेरै राष्ट्रबादी बने अनि झन् धेरै लोकप्रिय बने ।

शान्ति प्रक्रिया पछाडि देशले गति लिदै गर्दा जनयुद्ध सुरु गरेको सिपाहीले त्यही जनयुद्ध गलत थियो भनेर लेख्दै हिड्यो । जनयुद्धका महान् हस्तीहरुलाई गलत साबित गर्न उ पैसामा बिक्यो या पावरमा तर बिक्न चैँ बिक्यो ।

मिडियाहरु केही ट्विष्ट चाहन्थे , उ ट्विष्ट बनेर बिकिरह्यो जतिबेला सम्म जनयुद्धका हस्तिहरु पावरमा थिएनन । माहौल फेरियो , हस्तिहरु फेरि हैसियतमा पुगे । अनि फेरि उ उनै हस्तिहरुको तलुवा चाटन आईपुग्यो । उ आफू सकारात्मक भएको देखाउन थाल्यो । तर जनताले दुई जिब्रेलाई पत्याउने अवस्था थिएन । सबैले उसको विरोध गर्न थाले ।

आफूलाई स्वतन्त्र लेखक पत्रकार अनि बाम विश्लेषकको कोटामा राख्न रुचाउने उ पछिल्लो समय रवि लामिछानेको बढदो लोकप्रीयताबाट आत्तियो सायद । अनि सुरु र्गयो जरा काटन ।

जनयुद्ध र त्यसका नायकहरुको बदनाम गरेर आफूले नाम कमाउन सफल भएको दिल निशानी मगरले रवि लामिछानेलाई अमेरिकी पासपोर्ट होल्डर भनेर होच्याउन खोज्यो । पत्रकार रवि लामिछानेको बढदो हाईटलाई खुम्च्याउन दिल निशानी मगर जस्तो अलपत्रकारले सामान्य बखेडा झिक्दै बस्यो र अन्त्यमा दिल निशानी आफै जनताको निशानामा प¥यो तर रवि झन् उचालिय , झन् मिठा पत्रकार कहलिए । उनको हैसियत झन् माथि पुग्यो ।

यहाँ निर पत्रकार र अलपत्रकाको फरक पनि सजिलै छुट्टियो । रवि पत्रकार हुन त्यसैले उनी अमेरिकाको सुख शान्ति अनि धन दौलत त्यागेर आफ्नो देशका लागि फर्किए । एउटा पत्रकार आर्थिक सपना पालेर होइन , न्याय र अन्याय अनि सुशासनको सपना देखेर खटिन्छ । दिल निशानि , प्रेम बानियाँहरू अलपत्रकार थिए जो एउटा हैसियत बनाउन पत्रकारको परिचयमा बसे अनि हैसियत बढदै जाँदा अतीतलाई भुले , नेपाललाई भुले ।

अमेरिका जस्तो सम्पन्न देशमा स्थायी बसोबास भएका रवि लाई सामान्य तलबका लागि नेपाल फर्किनु पर्दैनथ्यो । उनी महिनामा लाखौको कमाई छाडेर नेपाल फर्केको आफैले बताएका छन् । उनी देशका लागि केही गरौँ भन्ने सोचले फर्केका हुन । यस्तो अवस्थामा उनले गरेका राम्रा कामको खुलेर सपोर्ट गर्नु पत्रकारको काम हो । सपोर्ट गर्न सकिँदैन भनेपनी डाहाँले दारा किटदै चुप्प बस्ने हो तर खुट्टा तान्ने होइन । उनले गलत गरेका छन् भने खोईरो खन्न पाउने अधिकार दिल निशानीलाई छ तर राम्रो काम गरेर सुशासनका निम्ति लागि परेको एउटा पत्रकार या सहकर्मीलाई तुक नै नभएको आरोप लगाएर अतिरन्जित गर्न खोजिनु निक्कै गलत हो ।

पत्रकार र अलपत्रकार बिचको फरक तमाम पाठक , श्रोता अनि शुभ–चिन्तकले सजिलै बुझेका हुन्छन् । एउटा स्टाटसको भरमा पत्रकार बन्ने कि रवि लामिछानेले गरे जस्तै खोज पत्रकारिता गरेर समाजिक रूपमा पत्रकारको परिचय बनाउने ? यो आजका तमाम पत्रकारले बुझ्न जरुरी छ ।