अलविदा योगेन्द्र दाई ...... - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अलविदा योगेन्द्र दाई ……



अर्जुन खनाल 

दैव पनि कति निष्ठुरी राम्रो मान्छेलाई टिक्नु छैन भन्ने यौटा कथन  हाम्रो समाजमा मैले सानो छदै सुनेको तर पत्यार लाग्दैनथ्यो  । हिजो मात्र नेपाली जन सम्पर्क समिति दक्षिण भारतका पूर्व महासचिव स्व.योगेन्द्र गौतमको निधनको खबर सुन्दा पत्यार लागेन  ।कामको सिलसिलामा बाटोमा थिए दिल्लीबाट साथी दीपक पाण्डेले फोन गरे योगेन्द्र गौतमको निधन भएको हो ?मैले को भनेर प्रतिप्रश्न गरे !जब दीपकले नेजसकै अर्जुन धरेलले सामाजिक सञ्जालमा निधनको खबर राखे पश्चात मलाई फोन गरेका थिए । मैले पत्यईंन र तुरुन्तै फेसबुक खोलेर हेरे धरेल जी को स्टाटस मार्फत श्रदान्जली देखे ,लगत्तै फोन गरे  । सधैँ झैँ मिज्जु को नाता लागएर बोल्ने हामी हिजो भने प्रसङ्गमै आयौ ,धरेलले भन्नु भो “मैले पत्त्यको छैन र सत्य नहोस “उहाँले थप्नुभो एक जना साथीले फोन गरेर घटनाको जनाकारी गराए लगत्तै त्यहाँ कार्यरत साथीहरूलाई फोन गरे र चाडो भन्दा चाडो जनाकारी गराउने बताउनु भयो । मनमा धेरै कुरा खेले र सुनेको खबर असत्य होस् भनेर कामना गरे।

दिनभर सामाजिक सञ्जालमा उहाँको तस्बिर सँगै श्रदान्जलीको ओईरो देखे मन तेसै खिन्न भो। नेता कार्यकर्ता मैले ऐलेसम्म जस जसलाई देखे खरो बिचारको मान्छेहरुमा उहा पर्नु हुन्थ्यो । सहिलाई सही र गलतलाई गलत भन्ने सायद कुनै पार्टीको कार्यकर्तामा केवल उहालाई देखे ।आफु काँग्रेसको भए पनि एमाले ,माओवादी कसैलाई उहाँले गाली गलौज कैले गर्नु भएन म सँग कुरा गर्ने क्रमम। कांगेस भित्र पनि खुलेर गलतलाई गलत हो भनेर टिका टिपणी गर्ने सायद उहा नै हुनुन्थ्यो नत्र आजको दिनमा यौटा पार्टीको कार्यकर्ताले अर्को पार्टीको कार्यकर्तालाई त भन्दा म के कम भन्ने चर्का चर्की अझै हुन्छ तर उहाँको त्यो स्वभाव कैले देखिएन ।

सामाजिक सञ्जालले जोडेको हामीलाई हामी एक अर्कामा नभेटे पनि घन्टौ सम्म कुरा हुन्थे । बिभिन्न समसामयिक लेख लेख्ने विचार प्रस्तुत गर्ने उहा हिमाल पोस्टको सुभचिन्तक हुनुन्थ्यो । हप्तामा होस या महिनामा एक दुई ओटा लेख पठाउने गौतम अरूको आलोचना भन्दा पनि पार्टीभित्रको कमजोरीलाई बलियो पर्नुपर्छ भन्नेमा आसावादी देख्थे । केहिदिन अगाडी मात्र नेजस भारतले किन स्व.गिरिजा प्रसादको कोइरालाको श्रदान्जली मनाएँन भन्ने विषयमा लेख लेख्नु भएको थियो ।उहाको अन्तिम लेख त्यहि नै भयो ।

उहा भन्दा कैयौ गुणा उमेरमा सानो भए पनि म कैले त र तिमीको सम्बोधन गर्नु भएन सधैँ बोल्ने क्रममा जय नेपाल अर्जुन जी भनेर भन्नु हुन्थ्यो।अस्तिमात्र लेख पठाई सकेपछी फोन नै गर्नु भएको थियो अनि हिजो उहाँको निधनको खबर कसरि पत्याउनु !केहि समय पहिला हो अर्जुन जी म दिल्ली आउछु होला यौटा पुस्तक निकाल्नु पर्ने छ ।यहीको पब्लिकेसनले निकल्दिन्छ रे , तपाई र गोबिन्द पोख्रेलले सम्पादन गरिदिनु पर्छ है भन्नु भएको थियो । मैले हुन्छ आउनुहोस भनेको थिए तर दाई तपाइको पुस्तक निकाल्ने धोको पुरा हुन सकेन ।

उहाँको निधन लगत्तै धेरैलाई सुभाचिन्तकलाई पत्याउन गाह्रो भएको छ ।उहाको निधन हैन हत्या हो पनि भनिएको छ  ।खास यथार्थ के भन्ने अझै बाहिर आएको छैन । एक जना नेजस निकट साथीले पोस्ट मार्टम गर्ने हो भनेर जनाकारी दिनु भएको थियो तर हिजो साझा नै सामजिक सञ्जालमा अन्त्यष्टि गरियो भन्ने सम्म देखे । खास के हो जनाकारी पाएको छैन ! यदि पोस्ट मार्टम नै नगरी उहाँको अन्त्यष्टि गरियो भने त्यो पक्कै पनि हत्या हो अन्यथा रिपोर्टले नै बताउला ।

यस दु:खद घडीमा मृतकको आत्माको  चिरशान्तीको कामना । हार्दिक श्रद्धान्जली अर्पण गर्दै  शोकसंतप्त परिवारजनमा धैर्यधारणा गर्न सक्ने शक्ती प्राप्त होस् भन्दै भगवानसँग प्रार्थना गरि  हार्दिक समवेदना प्रकट गर्दछौ ।

हिमाल पोस्ट परिवार