एसियाकी सबैभन्दा कामुक महिला बनिन् आलिया - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एसियाकी सबैभन्दा कामुक महिला बनिन् आलिया



एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट वर्ष सन् २०१९ को सबैभन्दा कामुक एसियाली महिलाका रुपमा चुनिएकी छन् । बेलायती साप्ताहिकले इस्टर्न आईगरेको सर्वेक्षणको तथ्यांकले बलिउड अभिनेत्री आलिया भट्टलाई एसियाकी सबैभन्दा कामुक महिला घोषणा गरेको हो ।

यो सर्वेक्षणसँगै सन् २०१९ मा २६ वर्षीया आलियाका लागि सुखद वर्ष भएको टिप्पणी गर्न थालिएको छ । किनभने यही वर्ष आलिया भट्टले अभिनय गरेको बलिउड फिल्म ‘गल्ली बोय’ २०२० को अस्करका लागि पठाइएको छ ।

यही सर्वेक्षणको अघिल्लो वर्षको सबैभन्दा कामुकएसियाली महिलाको ताज अभिनेत्री दीपिका पादुकोणले पाएकी थिइन् । यसपाली भने दीपिका पादुकोण दशककै कामुकएसियाली महिलाको ताज पाउन सफल भएकी छन् । सूचीका हिसाबमा उनी दोस्रो नम्बरमा छिन् ।