प्रेमीको नाम सार्वजनिक नगरुम भो: नव-नायिका एलिना रायमाझी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रेमीको नाम सार्वजनिक नगरुम भो: नव-नायिका एलिना रायमाझी



प्रस्तुति: समीर प्रकाश पाण्डे

नेपाली रँगमञ्चमा आ- आफ्नै भविष्य बनाउन तल्लीनहरूको भिडमा आफ्नो छुट्टै पहिचान र परिचय बनाउँदै गरेकी पछिल्लो समय चर्चामा रहेकी मोडल अथवा नव-नायिका हुन एलिना रायमाझी । जय किसान बस्नेतको हाल छायाङ्कनको अन्तिम चरणमा रहेको चलचित्र ‘धूम -३’ बाट उनी नेपाली चलचित्रमा प्रवेश गरेकी छिन् ।

आफ्नो कर्मलाई नै सर्वोपरि ठान्ने एलिनालाई आफ्नो आउँदै गरेको चलचित्र  ‘धूम -३’ ले दर्शक माझ परिचित बनाउने छ भन्नेमा विश्वास छ ।

प्रस्तुत छ उनै एलिना रायमाझी सँग हिमाल पोस्टका लागि समीर प्रकाश पाण्डेले गरेको कुराकानी।

– कलाकारिता बाहेक के गर्दै हुनुहुन्छ ?
कलाकारिता बाहेक अरू केही पनि गरेको छैन ।

– नेपाली फिल्म ईण्डष्ट्रीमा प्रवेश कसरी भयो ?
भिडियो हरू गर्दै जाँदा एउटा शेरेले हसाँउछ भन्ने टेलि सिरियल गरे शाेवित बस्नेत र जय किसान बस्नेत सर सँग त्यसपछि म अहिले जय सरको फिल्म धूम 3 गर्दै छु ।

– हाल सम्म के के काम गरिसक्नु भएको छ ?
८०/९० जति भिडियो गरे एउटा भोजपुर फिल्म को अाईटम डान्स गरे एउटा उधुम फिल्म मा अाईटम डान्स गरे अहिले तिज को गीत सँगसँगै फिल्म मा व्यस्त छु ।

– यहाँलाई के लाग्छ यो क्षेत्रमा खास बिक्ने के रैछ ? कला,पढाई,चिनजान,पैसा? के र कसरी ?
मलाई लाग्छ आवश्यक त सबै को पर्छ तर पनि चिनजानको मान्छे भए धेरै सजिलो हुन्छ जस्तो लाग्छ ।

– यो चलचित्र खेल्ने अवसर कसरी प्राप्त भयो ?
यो “धूम ३” मा मलाई खेल्ने अवसर जय सरले दिनु भएको हो सायद ममा कला नै देखेर होला।

– ‘धूम ३’ चलचित्रमा तपाईँको कस्तो भूमिका रहेको छ ? र यो चलचित्र कहिले आउँदै छ ?
कमेडि र लव स्टोरी लाई कथा बस्तु बनाएको चलचित्र हुनाले मेरो भूमिका चलचित्रमा प्रेमिकाको मेन रोल छ । हाम्रो यो चलचित्र भदौ २२ गते देश भर एकै साथ रिलिज हुँदै छ ।

– चलचित्रमा कस्की प्रेमिका बन्दै हुनुन्छ ?
हाहाहा…. मेरो प्रेमी को नाम सार्वजनिक नगरुम भो अहिले पछि चलचित्र हेरे पछि दर्शक ले थाहा पाउनु हुनेछ । यो चाहिँ गोप्य राखियो ?

– भविष्यमा के गर्ने रहर छ ?
भविष्यमा त कसैले देखेको हुँदैन र सबै साेचेकाे पुग्दैन पनि मन त नायिका बनेर सबैको मन जित्ने हो हेरम के हुन्छ ।

-प्रेममा हुनुहुन्छ हो ?
छैन, काममै व्यस्त छु प्रेमको बारे सोचेकी नै छैन ।

– घरपरिवारले यो क्षेत्रलाई कसरी हेर्ने गर्नुहुन्छ ?
राम्रो मान्नु हुन्छ मेरो घरपरिवार भनेको मेरो लागि मन्दिर हो मेरो घर बाट पुरा साथ छ ।

अन्तमा के भन्न चाहनु हुन्छ ?
मैले भिडियो धेरै गरे मन पनि पराइदिनु भएको छ फिल्म पहिलो पटक गर्दै छु हेरेर जस्तो छ त्यस्तै सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु र यो साथको लागि हिमाल पोस्ट डट.कमलाई धेरै धेरै धन्यवाद ?