अल्लु अर्जुनको नयाँ चलचित्र तहल्का: बाहुबलीको रेकर्ड तोड्यो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अल्लु अर्जुनको नयाँ चलचित्र तहल्का: बाहुबलीको रेकर्ड तोड्यो



काठमाडौं । साउथ इन्डियन सुपरस्टार अल्लु अर्जुनको नयाँ चलचित्रले तहल्का मच्चाएको छ ।

शनिबारबाट दर्शकमाझ रिलिजमा आएको ‘आल्हा वैकुंठप्रेमुलु’ चलचित्रले बाहुबलिको रेकर्ड समेत तोडेको छ। यो चलचित्रलाई दर्शकहरुले निकै रुचाइरहेका छन्, जसको कारण सबै भन्दा ठूलो फिल्म ‘बाहुबली’को रेकर्ड समेत पछि परेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अल्लु अर्जुनको यो चलचित्र भारतकै सबैभन्दा ठुलो ओपनर बनेको छ ।

भारतीय बजार र अमेरिकामा समेत निकै ठुलो ब्यापार गरेको बताइएको छ । चलचित्र पारिवारिक विषयबस्तुमा बनेको र निकै मिहिन तरिकाले काम गरिएको प्रतिक्रिया केहि सञ्चारमाध्यमले दिएका छन् ।

प्रिमियरमै ६० हाजार भन्दा बढी टिकट बिक्रि भएको ट्रेड एनालिस्टले जनाएको छ भने समिक्षकहरूले अहिले सम्मकै राम्रो चलचित्र भएको पनि बताएका छन् । केहि समीक्षकले त यो चलचित्रले लामो समय आफ्नो बर्चश्व कायम गर्ने बताइएको छ।

अल्लु अर्जुन पछिल्लो समय साउथका एकदमै रुचाइएका अभिनेता हुन् । खासगरी उनको स्टाइल र अभिनयले समर्थकको ध्यान खिच्ने गर्दछ। युट्युबमा साउथ फिल्महरू निकै धेरै हेरिएको हुन्छ तर सबैभन्दा बढी हेरिएको साउथ फिल्म पनि अल्लुकै बनेको छ ।

अभिनेता अल्लु अर्जुनले भनेका छन्, ‘कहिले काँही हामीलाई लाग्छ कि, बलिउडका केही कलाकारहरुले गज्जबको भूमिका निभाउँछन् । मुरली शर्मा र सचिन खेडेकर जस्ता बलिउड अभिनेताहरुको पनि फिल्ममा काम गरेका छन् । यति मात्रै हाइन, कहिले काँही ताजगीका लागि बाहिर ल्याउन कसैको आवश्यकता हो ।’