प्रशिक्षक अलमुताइरीले मागे माफी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रशिक्षक अलमुताइरीले मागे माफी



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । सोचेजस्तो खेल नभएको भन्दै उनले नेपाली समर्थकसँग माफी मागेका हुन् ।

बिहीबार भएको भारतविरुद्धको खेलमा राम्रो नतिजा निकाल्न नसकेको भन्दै अलमुताइरीले समर्थकसँग माफी मागे । भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरीमा खेलेको थियो । पहिलो हाफमा अग्रता बनाएको नेपालले दोस्रो हाफमा गोल खान पुगेको थियो ।

अलमुताइरीले खेलबाट नेपालीलाई खुसी बनाउन नसकेको भन्दै माफी मागेका हुन् । खेलपछि पत्रकारसँग कुराकानी गर्दै उनले भने, “सबै समर्थकमाझ क्षमा चाहन्छु । हामीले खुसी बनाउन सकेनौँ । मलाई आशा छ । क्षमा स्वीकार्नु हुनेछ । आगामी खेलमा सोचेअनुसार प्रदर्शन गर्ने छौँ,” उनले भने ।

सागको तयारी स्वरूप नेपालले मैत्रीपूर्ण खेल खेलेको हो । उनले अगाडि खेल्नका लागि यो स्तरको प्रदर्शनले नपुग्ने बताए । “हामीले अझै धेरै सुधार गर्नु पर्नेछ । सागमा यो प्रदर्शनले हामीलाई राम्रो नतिजा दिँदैन,” उनले भने ।