अल्मुताइरी भन्छन्: म गोर्खाली हुँ, जयनेपाल - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अल्मुताइरी भन्छन्: म गोर्खाली हुँ, जयनेपाल



काठमाडौं- नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफू ‘गोर्खाली’ भएको र ‘चिन्ता गर्नु नपर्ने’ बताएका छन् । अल्मुताइरी शनिबार राति एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै ढलेका थिए ।

नेपालले ४८औँ मिनेटमा दोस्रो गोल खाएको थियो । त्यसलगत्तै मुख्य प्रशिक्षक अल्मुताइरी मैदानमा अचेत भएका थिए । प्राथमिक उपचारपछि उनलाई अक्सिजन दिएर अस्पताल लगिएको थियो ।

उनी अहिले अस्पतालबाट डिस्चार्च भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाको फेसबुक पेजमा अल्मुताइरीलाई उद्धृत गर्दै लेखिएको छ, ‘‘आजको खेलको लागि म माफी चाहन्छु । भोलिबाट हामी नियमित तालिकाअनुसार हाम्रो योजनामा अघि बढ्नेछौँ । प्रतियोगिता सकिएपछि म थप चेकअप गर्नेछु ।’’

एन्फाको त्यही पोस्ट सेयर गर्दै अल्मुताइरीले लेखेका छन्, ‘‘म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन । एक टिम, जय नेपाल ।’’

नेपाल कुवेतसँग ४–१ ले पराजित भएको हो । नेपाल पहिलो खेलमा पनि जोर्डनसँग २–० ले पराजित भएको थियो ।