‘आमा तिमी कहाँ छौ’ (भिडियो) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘आमा तिमी कहाँ छौ’ (भिडियो)



काठमाडौँ ।

गायक किशोर शिवाकोटीको आवाजमा रहेको ‘आमा तिमी कहाँ छौ ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक शिवोकोटीको शब्द, स्वर तथा सङ्गीत रहेको गीत मार्फत उनले आफ्नी ममतामयी स्वं। माताको सम्झनाका अनेक रूपको वर्णन गरेका छन् । सार्वजनिक यस गीत केही समय अघि शिवाकोटीले निकालेको ‘ट्रिब्युट’ एल्बममा समावेश रहेको थियो । एल्बममा अन्य गीतहरुको भिडियो यसअघि नै बजारमा आईसकेका छन् ।

फणिन्द्र राईको सङ्गीत संयोजन रहेको गीतमा किशोर थापाले रेर्कडिंग तथा ध्वनी मुद्रण गरेका हुन् । किरण चाम्लिगं राईले निर्देशन गरेको भिडियोमा नवीन बाबु गुरुगंको छायाङ्कन तथा प्रवीण श्रेष्ठले सम्पादन गरेका हुन् । जसमा रङ्ग क्षेत्रकी अब्बल कलाकार सरिता गिरीले दमदार अभिनय गरेकी छिन् । आमाको भूमिकामा सशक्त अभिनय गरेकी सरितालाई सागर थापा र आरोग्य गिरीले अभिनयमा साथ दिएका छन् ।