अमेरिकामा बेरोजगार भत्ता कटौती गर्न प्रस्ताव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अमेरिकामा बेरोजगार भत्ता कटौती गर्न प्रस्ताव



बीबीसी- अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुले बेरोजगार भत्तामा कटौतीको प्रस्ताव राखेका छन् । अमेरिकामा बेरोजगार मानिसलाई एक सातामा ६ सय डलर बेरोजगार भत्ता दिइँदै आएकोमा उक्त भक्ता कटौति गरी दुई सय डलर मात्र दिइने प्रस्ताव गरिएको हो ।

रिपब्लिकन पार्टीका सांसदले गरेको उक्त प्रस्तावमा विपक्षी पार्टी डेमोक्रेटले आपत्ति जनाउँदै अहिले प्रस्ताव गरिएअनुसारको भत्ता बेरोजगारहरुका लागि पर्याप्त नहुने बताएको छ ।

अहिले गरिएको प्रस्तावमा कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण प्रभावित बनेको अर्थतन्त्रमा सुधारको लागि थप एक खर्ब डलर खर्च गरिनुपर्ने उल्लेख छ । यो योजनामा विद्यालयहरुलाई एक खर्ब डलर र अधिकांश अमेरिकीलाई एक हजार दुई सय डलरको प्रोत्साहन रकम दिने उल्लेख गरिएको छ । अमेरिकाले यसअघि नै आफ्ना नागरिकहरुलाई राहत दिन दुई खर्ब ४० अर्ब डलर खर्च गरिसकेको छ । व्यापार व्यवसायलाई बचाउन र व्यक्तिगत घरायसी खर्चका लागि खर्बौं डलर प्रदान गरिएको छ ।

यद्यपि अर्थशास्त्रीहरुले भने अझै पनि राहत प्याकेजको जरुरी रहेको बताएका छन् ।