अमेरिकाले भन्यो: भारतले चीनलाई चिड्याए नतिजा बिग्रन सक्छ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अमेरिकाले भन्यो: भारतले चीनलाई चिड्याए नतिजा बिग्रन सक्छ



एजेन्सी – अमेरिकाले अहिले चीनलाई चिड्याएर कुनै फाइदा नहुने बताएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले भारत–चीन सीमा विवादबारे वार्ता र संवादमार्फत चिनियाँ कम्युनिष्ट सरकारको बाटो जबरजस्ती बदल्न नसकिने बताएका हुन् ।

उनले तत्काल वार्ता गरेर कुनै फाइदा नहुने समेत बताएका छन् । अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट वो ब्रायनले चीनको आक्रामक कदमको प्रतिरोध गर्न भारत तयार रहनुपर्ने संकेत गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

चीनले आफ्नो प्रभुत्व बढाउने प्रयासलाई औंल्याउँदै उनले भने, ‘हामीले यो कुरा स्वीकार गर्ने समय आएको छ कि चीनलाई वार्ता र सहमति बिना न त मनाउन वा बाध्य गर्न सकिन्छ । चीनलाई चिड्याएर कुनै फाइदा लिन सकिँदैन । हामीले उक्त प्रयास लामो समयदेखि गर्दैछौं ।’

उनले भारत–चीन सीमामा चीनको आक्रामकता स्पष्ट देखएको बताएका छन् । उनकाअनुसार चीनले बल प्रयोग गरेर वास्तविक नियन्त्रण रेखा (एलएसी) लाई कब्जा गर्न खोजेको छ ।

भारत र चिनियाँ पक्षबीच अक्टोबर १२ मा लद्दाखमा वार्ता गर्ने तयारी भइरहेका बेला अमेरिकाको यस्तो भनाइ आएको हो ।