अमेरिकामा एकै दिन अत्यधिक संक्रमण: घट्ला भन्दा बढेको बढ्यै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अमेरिकामा एकै दिन अत्यधिक संक्रमण: घट्ला भन्दा बढेको बढ्यै



काठमाडौं – चीनबाट सुरू भएको भनिएको कोरोना भाइरसले ५ महिनादेखि ताण्डव नै मच्चाएको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २१३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ३ हजार ३२० पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ६८ हजार ११६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ९८ हजार ६७६ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ११ लाख ६६ हजार १२० जनामध्ये १७ हजार २०२ जनाको अवस्था गम्भीर रहेको छ ।