अमेरिकामा ७.३ रेक्टरको भूकम्प: सुनामीको चेतावनी जारी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अमेरिकामा ७.३ रेक्टरको भूकम्प: सुनामीको चेतावनी जारी



काठमाडौं । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको त्यहाँका स्थानीय समाचार संस्थाले जनाएका छन् । केही स्थानमा सुनामीका साना लहर पनि देखिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम छ ।

भूकम्प १० किलोमिटरको गहिराइमा गएको अधिकारीहरुले जनाएका छन् । भूकम्प नेपाली समयअनुसार बिहान साढे २ बजेतिर गएको छ ।