अमेरिकामा गोली चल्यो, तीन फुटबल खेलाडी मारिए - Himal Post Himal Post
  • २३ मंसिर २०७९, शुक्रबार
  •      Fri Dec 9 2022

अमेरिकामा गोली चल्यो, तीन फुटबल खेलाडी मारिए



एजेन्सी /भर्जिनिया

युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ । आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुई जना घाइते भएका छन् ।

युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उनीहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । 
एक संदिग्ध पक्राउ परेका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ ।

मारिनेहरूमा भर्जिनिया बीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन्।