अमेरिकामा कामदार भिसा खुल्यो, अनलाईनबाट दर्ता - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अमेरिकामा कामदार भिसा खुल्यो, अनलाईनबाट दर्ता



काठमाडौं – नेपालीको मात्र होइन संसारभारी धेरैजसो अमेरिका जाने सपना बनाएर बसेका हुन्छन। त्यतिमात्र होइन विद्यार्थीहरूको समेत पहिलो रोजाई अमेरिका नै हुने गर्दछ ।

अब भने कामकै लागि अमेरिका जान पनि पाइने भएको छ । संयुक्त राज्य अमेरिकाले कामदार भिसा खुल्ला गरेको छ।

यो भिसाको नाम एचवान बी भिसा राखिएको छ । एचवान बी भिसा खुल्ला भएसँगै यसको अनलाइन दर्ता पनि सुरु हुने भएको छ ।

अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा गरेको छ ।

नेपाली समय अनुसार दिउँसो १२ बजेदेखि दर्ता खुल्ने र मार्च २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससीआईएसले जनाएको छ ।

आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदक र उनीहरुका प्रतिनिधिहरुले आवेदक र लाभग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ ।

तर उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।