सबैभन्दा बढी भेदभाव र अन्धविश्वास अमेरिकामै छ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सबैभन्दा बढी भेदभाव र अन्धविश्वास अमेरिकामै छ



एजेन्सी- पछिल्लो समय जातीय मुद्दा र कोरोना भाइरसले थालिएको विश्वकै शक्तिशाली मुलुक अमेरिकामा भेदभाव र अन्धविश्वास कति छ भन्ने कल्पना गर्न सकिन्छ । संयुक्त राज्य अमेरिका जस्तो देशमा प्रहरीले समेत वर्णको आधारमा भेदभाव गरेकाले निम्तिएको पछिल्लो घटनाले पुरै देश अस्तव्यस्त बनेको छ।

कोरोना भाइरसको महामारीको असङ्गत प्रभाव र जर्ज फ्लोडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तले मङ्गलबार बताएकी छिन् । उनले यो असमानतालाई सम्बोधन गरिनुपर्नेमा जोड दिएकी छिन् ।

‘यो भाइरसले लामो समयदेखि वेवास्था गरिराखिएको ‘स्थानीय असमानता’लाई बाहिर ल्याइरहेको छ’ संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्च आयुक्त मिसेल बाचलेटद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

उनले भनेकी छिन्, ‘संयुक्त राज्य अमेरिकामा जर्ज फ्लोयडको ‘मृत्यु’लाई लिएर विरोध भइरहेको छ । यो विरोधले प्रहरीले वर्णका आधारमा गरेको हिंसाको मात्र प्रतिनिधित्व गरिरहेको छैन । स्वास्थ्य, शिक्षा, रोजगारी र स्थानीय जातीय विभेदलाई पनि उजागर गर्दछ ।’

थुनामा रहेकै समय अफ्रिकी मुलका अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा हिंसा भड्किएको छ । देशभरका विभिन्न शहरमा प्रदर्शन हुन थालेपछि स्थानीय सरकारहरूले करिब ४० शहरमा निषेधाज्ञा जारी गरेका छन् ।

केही दिनदेखि भइरहेका देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यस्तै प्रदर्शनमा सहभागी हजारौँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउमध्ये केहीलाई प्रहरीले छोडिदिएको छ ।