अमेरिकामा प्रहरीले दिए सामुहिक राजिनामा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अमेरिकामा प्रहरीले दिए सामुहिक राजिनामा



एजेन्सी- अमेरिकामा भइररहेको जर्ज फ्लोइड काण्ड विरुद्धको जन प्रदर्शनको क्रममा एकजना ७५ वर्षिय वृद्धलाई धकेलेर भुँइमा लडाएको भिडियो भाइरल भैरहेको छ ।

उक्त भिडियो सार्वजनिक भए लगत्तै दुईजना प्रहरी अधिकारीलाई निलम्वन गरिएपछि शुक्रवार न्युयोर्कको बफाएलो प्रहरी विभागका सम्पूर्ण इकाइले नै राजिनामा दिएक छन् ।

सो विभागको ति ५७ जना आपतकालिन जिम्मेवारी टोलिका सदस्य दंगा र अन्य भिड नियन्त्रण कार्यमा परिचालित हुने गरेका थिए । तिनीहरले प्रहरी विभागबाटै राजिनामा नदिएको बरु सो इकाइको काम परित्याग गरेको बफाएलो न्युजले जनाएको छ ।

भुँइमा ढल्ने वृद्धले लामो समयदेखि मानव अधिकारका लागि शान्तिपूर्ण ढंगले वकालत गर्दै आएको तथा उनी अमेरिकी संविधानका प्रशंसक रहेको बताइएको छ ।