अमेरिकामा कोरोना खोप लगाउनेलाई उपहार - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अमेरिकामा कोरोना खोप लगाउनेलाई उपहार



एजेन्सी- कोरोनाको खोप लगाउन सर्वसाधारणले अनिच्छा देखाएपछि सरकारले विभिन्न स्किम ल्याएको छ। हाल अमेरिकाका शहरहरु र राज्यहरुमा कोरोना खोपको बारेमा जागरुकता फैलाउने कार्य भइरहेको छ ।

यसैक्रममा आकर्षक प्रस्तावहरु राखिएको छ । धेरै भन्दा धेरै मानिसहरुले कोरोना खोप लगाउन भनेर विभिन्न प्रस्तावहरु राखिएको छ । खोप लिनको लागि १० लाख रुपैयाँसम्मको रकमदेखि गर्वनरसँग बेलुकाको खाना सम्मका प्रस्ताव दिइएको छ ।

वास्तवमा अप्रिल र मे मा खोपको दरमा गिरावट आएपछि अमेरिकाले विभिन्न राज्यहरुमा खोप अभियानलाई सुद्वढ पार्न यस्तो प्रयास गरेको हो । ह्वाइट हाउसका वरिष्ठ सल्लाहकारले खोपको बारेमा जनचेतना जगाएर राज्यहरुलाई रचनात्मक तरिकाबाट चाँडो भन्दा चाँडो मद्दत गर्न प्रोत्साहन गरिरहेको बताएका छन् । यसरी देश सामान्य अवस्थामा फर्कने उनको विश्वास छ ।

राष्ट्रपति बाइडेनले तय गरेको लक्ष्य अनुसार ४ जुलाई सम्ममा १६० मिलियन अमेरिकीलाई कोरोना खोप दिनुपर्छ । कम से कम ७० प्रतिशत जनसंख्यामा कम्तिमा खोपको एक डोज पुग्नुपर्छ । हालसम्म ४० प्रतिशतले खोप लगाइसकेका छन् । ५० प्रतिशत मानिसहरुलाई खोप लगाउन सुरु गरेको सिडिसीको तंथ्याकमा उल्लेख छ ।