ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुन कलाकारहरू अमेरिकामा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुन कलाकारहरू अमेरिकामा



अमेरिका कोलोराडो /कार्तिक २६

नेपाल टेलिभिजन, नेपाल फिल्म सोसाइटी, तथा बिआरटी नेपाल डटकमको सयुक्त आयोजनामा अमेरिकाको कोलोराडोमा यही नोभेम्बर १२ तारिखमा हुन गइरहेको खुम्बु कोल्स्छ ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रममा सहभागी हुन नेपाली कलाकारहरूको एक समूह कोलोराडो आइपुगेको छ ।14980827_10202627789891446_4930500589284889326_n

यसरी नेपालदेखि यस कार्यक्रममा भाग लिन कोलोराडो आइपुग्ने कलाकारहरुमा शिव श्रेष्ठ, भुवन केसी, कृष्ण मल्ल, शर्मिला मल्ल, सुनिल थापा, श्वेता खड्का, शम्भुजित बाँस्कोटा, बसुन्धारा भुसाल, मधु श्रेष्ठ आदी छन् । नेपाली चलचित्रका पुराना तथा चर्चित नायक शिव श्रेष्ठले लामो यात्रा तय गर्नुपर्दा केही शाररीक थकान महसुस भए पनि कार्यक्रमलाई लिएर आफू अत्यन्त उत्साहित भएको बताए । नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा नायक कृष्ण मल्लले पुराना तथा नयाँ नेपाली चलचित्रकर्मीलाई अवार्ड प्रदान गर्न आयोजना गरिन लागेको यस्तो किसिमको कार्यक्रम विश्वमै पहिलो भएको बताउँदै यस कार्यक्रमको आयोजक बन्न पाउँदा धेरै खुसी लागेको बताए ।

यसै गरी नेपाल र नेपाल बाहिर पनि खलनायकको भूमिकामा राम्रो नाम कमाएका सुनिल थापाले कलाकारहरूको लागि सबै भन्दा महत्त्वपूर्ण दर्शकहरुको माया हो भन्दै यस कार्यक्रममा पनि नेपाली दर्शकहरूले आफूहरुलाई माया गर्ने आशा गरेको बताए । यसै क्रममा कार्यक्रमको आयोजक शैलेश पोखरेलले कार्यक्रममा भाग लिन अमेरिकाभरिबाट कलाकार र दर्शकहरु आउने क्रम केही दिन अझै जारी रहने जानकारी दिए ।14956461_10202627790211454_6294032161352979614_n

नायक कृष्ण मल्ल, शिव श्रेष्ठ, राज बल्लभ कोइराला, कलाकार सुनिल थापा, बसुन्धरा भुसाल नायिका शर्मिला मल्ल, नायक तथा निर्माता मधु श्रेष्ठ, सङ्गीतकार सम्भुजित बास्कोटा, नृत्य निर्देशक वसन्त श्रेष्ठ, चलचित्र वितरक प्रदिप उदय, संचारकर्मी सरोज केसी, जय प्रकाश रिजाल, कार्यक्रम सन्चालिका जिज्ञासा अर्याल, चलचित्र निर्देशक नारायण पुरी, निर्माता काजी सुमन विष्ट, हास्य कलाकार नारायण त्रिपाठी, नायिका अशिस्मा नकर्मी, यूना उप्रेती, नन्दिता केसी, नायक गणेश उप्रेती, नायक विक्रान्त बस्नेत, हास्य कलाकार शिव हरि पौडेल, चलचित्र बोर्डका अध्यक्ष राज कुमार राई, चलचित्र कलाकार सङ्घ नेपालका अध्यक्ष राम किसर बगोटी, चलचित्र निर्देशक उदय सुब्बा, चलचित्र निर्देशक श्याम भट्टराई, चलचित्र निर्देशक एभरेस्ट सूर्य बोहरा, वरिष्ट चलचित्र उत्पादन नियन्त्रक गेहेन्द्र धिमाल आदि उपस्तिथ भएको आयोजले हिमाल पोष्टलाई जानकारी गराए ।