अमेरिकी सर्वोच्च अदालतदको फैसला: गर्भपतन गर्न प्रतिबन्ध - Himal Post Himal Post
  • १० बैशाख २०८१, सोमबार
  •      Mon Apr 22 2024
Logo

अमेरिकी सर्वोच्च अदालतदको फैसला: गर्भपतन गर्न प्रतिबन्ध



काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी महिलाको गर्भपतन गर्न पाउने संवैधानिक अधिकारको अन्त्य गरिदिएको छ ।

अमेरिकामा करिब आधा शताब्दीदेखि रहेको गर्भपतनलाई दिइएको संवैधानिक संरक्षण सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको हो । सन् १९७३ मा गर्भपतनसम्बन्धी कानुनलाई अमेरिकामा वैध बनाइएको थियो ।

यससँगै अब अमेरिकामा दशौँ लाख महिलाले गर्भपतन सम्बन्धी कानुनी अधिकार गुमाउने बीबीसीले जनाएको छ ।

परम्परावादी न्यायाधीशहरूको बहुमत रहेको अदालतले ऐतिहासिक रो भी वेडको ऐतिहासिक निर्णय उल्टाइदिएको हो । उक्त निर्णयको पक्षमा ६ जना र विपक्षमा ३ जना न्यायाधीश थिए ।

यस आदेशले अमेरिकामा गर्भपतन अधिकारलाई परिवर्तन गर्नेछ । हरेक राज्यले गर्भपतनलाई प्रतिबन्ध लगाउन सक्नेछन् । लगभग अमेरिकाका आधा राज्यहरूमा गर्भपतन प्रतिबन्ध लगाउने अपेक्षा गरिएको जनाइएको छ ।

अमेरिकाका १३ राज्यले ‘ट्रिगर ल’ भनिने केही कानुनी व्यवस्था तयार गरेर पारित गरिसकेका छन् । सर्वोच्चको यस आदेशसँगै अब त्यस्तो कानुनी व्यवस्थाले गर्भपतनलाई स्वतः गैरकानुनी ठहर्‍याउनेछन् ।

सर्वाेच्चकाे फैसलापछि यसका पक्षधरहरूले खुसी मनाएका छन् ।