विस्फोटनका घटनापछि अमेरिकी दूतावासको अपिल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विस्फोटनका घटनापछि अमेरिकी दूतावासको अपिल



काठमाडौं-

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो बम विस्फोटनका घटनाले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असरपर्ने संकेत देखिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

बम विस्फोटकै घटनालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले नेपाल भम्रणमा रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।

दूतावासले बिहीबार विज्ञप्ति जारी गरी यही मंसिर १० र २१ गतेको निर्वाचनका बेला हुन सक्ने घटनाका विषयलाई लिएर अमेरिकी नागरिकलाई सुरक्षित रहन अपिल गरेको हो।

निर्वाचनको पूर्वसन्ध्यामा देखिएका आतंकको घटनाबाट सुरक्षित हुन आफैले होसियारी अपनाउनपर्ने दूतावासको भनाइ छ ।

दूतावासले आफ्ना नागरिकलाई मतदान स्थान, राजनीतिक दलको कार्यालय, उम्मेदवारको र्‍याली र मतदानका दिन र पछि हुनसक्ने अन्य घटनाबाट टाढा रहन आग्रह गरेको छ।