आमिर खानकी छोरीको त्यो हर्कत, जसले बाबुसमेत चकित परे - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आमिर खानकी छोरीको त्यो हर्कत, जसले बाबुसमेत चकित परे



काठमाडौं – अमिर खानकी छोरी बलिउडमा यतिबेला चर्चाको विषय बनेकी छन् । आमिरकी छोरी इराको ‘डेब्यु प्रकोजेक्ट’का कारण उनि चर्चामा आएकी हुन् ।

‘मेडिया’ नामको नयाँ प्रोजेक्टका लागि उनको नाम समाचारमा छाइरहेको हो । यससँगै पछिल्ला दिनमा सामाजिक सञ्जालमा उनको हर्कतले धेरैलाई चकित तुल्याएको छ ।
हालै उनले इन्स्टाग्राममा पोस्ट् गरेका तस्बिरका कारण उनको चर्चा बढेको छ ।

उनका ती तस्बिरमाथि धेरैले टिकाटिप्पणी गरेका छन् । उनले फोटोसूट गराएका ती तस्बिर असामान्य प्रकृतिका भन्दै धेरैले नकारात्मक टिप्पणी पनि गरेका छन् । फिल्ममा नआउँदै यसरी सामाजिक सञ्जालमा ‘स्टार’ बनेको भन्दै केहीले उनलाई व्यंग्य समेत गरेका छन् । इरा आमिरकी पहिलो पत्नी रिना दत्ततर्फकी छोरी हुन् । रिनासँग उनका एक छोरा पनि छन् ।

केहि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनका बाबुनै चकित परेको समेत टिप्पणी गरेका छन् ।