साताको एकदिन पूर्वपत्नीहरूलाई समय दिन्छन् अमिर खान - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

साताको एकदिन पूर्वपत्नीहरूलाई समय दिन्छन् अमिर खान



एजेन्सी- बलिवुडका निकै फरक सुपरस्टार अमिर खानले आफ्नोबारे निकै चाखलाग्दो खुलासा गरेका छन् । केहिवर्ष अगाडी सम्बन्धविच्छेद गरेका अमिर खानले आफ्नी पूर्वपत्नीहरूलाई लगातार भेटिरहेको खुलासा गरेका छन् ।

एक टेलिभिजन कार्यक्रममा उनले गरेको खुलासा निकै चाखलाग्दो थियो । हालै निर्माण गरिएको नयाँ चलचित्रको प्रमोशनका लागि एक टेलिभिजन सोमा पुगेका अमिरले आफ्ना पूर्वपत्नीहरूलाई निरन्तर भेट्ने गरेको बताए ।

कार्यक्रममा अमिरलाई आफ्ना पूर्वपत्नी किरण राव र रिना दत्तसंगको सम्बन्धबारे प्रश्न गरिएको थियो । प्रश्नको जवाफमा अमिरले आफूले प्रत्यक साता उनीहरूलाई भेट्ने र भलाकुसारी गर्ने गरेको बताएका थिए । उनले आफू जतिसुकै व्यस्त भएपनि समय निकालेर हरेक साता भेट्ने गरेको बताए ।

उनले भने, ‘हामीहरू जतिसुकै व्यस्त भएपनि समय निकालेर सातामा एकपटक कम्तिमा पनि भेटिरहेका हुन्छौँ । हामीले एकअर्काका बारेमा कुरा पनि गर्ने गरेका छौँ, हामीहरूबीच साँच्चै नै मायाँ, केयर र आदर छ ।’

उनले १९८६ मा पहिलोपटक विवाह गरेका थिए । पहिलो विवाह गरेकी रिनासँग उनले २००२ मा सम्बन्ध विच्छेद गरेका थिए । त्यसपछि उनले २००५ मा किरणसँग विवाह गरेका थिए । किरणसंगको सम्बन्धमा १६ वर्ष बिताएर उनले २०२१ मा सम्बन्ध विच्छेद गरेका थिए ।