भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ ।

उनले आइतबार दिउँसो ट्‍विट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।चिकित्सकको सल्लाह अनुसार उनलाई अस्पताल भर्ना गरिने भएको छ ।

गृहमन्त्री शाहले ट्‍विट गर्दै भनेका छन्, “कोरोनाका प्रारम्भिक लक्षण देखिएका छन् । मैले कोरोना जाँच गराए र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था अहिले ठिक छ । तर, चिकित्सकको सल्लाह अनुसार म अस्पताल भर्ना हुँदैछु ।”

उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई आइसोलेसनमा बस्‍न र परीक्षण गराउन आग्रह गरेका छन् ।