शुद्धोधन गापाका प्रमुख अनन्तपाणी मरासिनीलाई घुस रकमसहित अख्तियारले समात्यो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शुद्धोधन गापाका प्रमुख अनन्तपाणी मरासिनीलाई घुस रकमसहित अख्तियारले समात्यो



रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरलाई ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिए ।

नदीजन्य पदार्थ उत्खनन सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित आज बिहान साढे ११ बजे उनीहरूलाई पक्राउ गरिएको हो ।

मरासिनीमाथि स्थानीयले विभिन्न ठेक्कापट्टामा रकम माग गरेको गुनासो गदै आएका थिए ।