एनका अन्डर १० टिमको निर्माण ,सेन्ट्रल जुनियर एशोसीयसन प्रतियोगितामा खेल्दै - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एनका अन्डर १० टिमको निर्माण ,सेन्ट्रल जुनियर एशोसीयसन प्रतियोगितामा खेल्दै



जुनियर र मास्टर ब्लास्टरको सफलता पछि एडीलेड नेप्लिज क्रिकेट एशोसीयसनले एनका अन्डर १० टिमको निर्माण गरेको छ। एनका जेम्स नाम दिएको बालबालिकाहरुको टिमले जुनियर लेभल-१ को खेल खल्नेछ। पहिलो पल्ट साउथ सेन्ट्रल जुनियर एशोसीयसन प्रतियोगितामा सहभागिता हुन लागेको एनका जेम्सले क्रिकेट अस्ट्रेलियाको मापदण्ड अनुसार संशोधित टि-२० फर्मेटमा खेल्ने एनकाका अध्यक्ष बिजय जोशीले बताए। फेब्रुअरी २ तारिक बाट सुरु भएको प्रतियोगिता मार्च १ तारिकमा सकिनेछ। एनका जेम्सले मोर्फेट भेल व्लू टिमसँग फेब्रुअरी ९ तारिकको दिन खेल खेल्दैछ।

अहिले देखी नै बालबालिकाहरुले राम्रो प्रशिक्षण, मार्गदर्शन पाए भने भबिष्यमा यहाँका ठूला क्लबहरु , राष्ट्रिय टिममा समेत हाम्रा बालबालिकाहरु पुग्न सक्ने बताउदै
एनकाका अध्यक्ष बिजय जोशीले भने भबिष्यमा एडीलेड नेप्लिज क्रिकेट एशोसीयसनलाई हाक्ने यिनै साना बालबालिकाहरुले नै हो त्यसैले उनीहरुको खेल विकासको निम्ति हामीले सुरुवाती चरण बाट नै आफ्नो उर्जा उनिहरुलाई दिदै आएकाछौ।”

एनकाले बालबालिका लक्षित क्रिकेट कार्यक्रमहरु सन् २०१५ बाट सुरुवात गरेको थियो। पहिलो बर्ष १६ बालबालिकाहरुले सहभागिता जनाएका थिए। क्रिकेट अस्ट्रेलियाको जुनियर कार्यक्रम अन्तर्गत रहेको ८ हप्ता सम्म चल्ने यस कार्यक्रम साउथ अस्ट्रेलिया क्रिकेट एशोसीयसनसँग सहकार्य गर्दै एनकाले नि:शुल्क गर्दै आएको छ।
नेपाली , इन्डियन , पाकिस्तानि , श्रीलंकन र अस्ट्रेलियन गरि बहुसांस्कृतिक समुदायका बालबालिकाहरुको सहभागिता रहेको यस कार्यक्रममा २०१९ मा ७८ बालबालिकाहरुले प्रशिक्षण लिएका थिए। जुनियर ब्लास्टर , मास्टर ब्लास्टर , जुनियर १-२ ३ गरि अस्ट्रेलिया जुनियर कार्यक्रम बर्गिकरण गरिएको छ।