एनकाले जित्यो क्रिकेट अष्ट्रेलिया नेशनल कम्युनिटी अवार्ड - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एनकाले जित्यो क्रिकेट अष्ट्रेलिया नेशनल कम्युनिटी अवार्ड



अष्ट्रेलिया

   साउथ अष्ट्रेलियाया  रहेको एडिलेड नेप्लिज क्रिकेट एशोसीयसनले क्रिकेट अष्ट्रेलिया नेशनल कम्युनिट क्रिकेट अवार्ड २०२०-२१  जित्न सफल भएको छ।  जुनियर क्रिकेट ईनोभेटिभ कम्युनिटी अवार्ड अन्तर्गत रहेको सो अवार्ड जुनियर क्रिकेटको क्षेत्रमा विशेष कार्य गर्ने संस्थाहरुलाई दिदै आएको अष्ट्रेलियाको राष्ट्रिय अवार्ड हो । अष्ट्रेलियामा रहेका  सबै राज्य बाट छनौट भएर आएका मध्ये एनका  र एनएसडब्लुको गोलवन डिस्ट्रिक जुनियर क्रिकेट एशोसीयसन फाईनलका लागि छनौट भएका थिए । एनकाले  गोलवन डिस्ट्रिकलाई पछाडि पार्दै राष्ट्रियस्तरको अवार्ड हात पार्न सफल भएको अध्यक्ष विजय जोशीले बताए ।

    साउथ अष्ट्रेलियन क्रिकेट एशोसीयसनले साउथ अस्ट्रेलियामा रहेर जुनियर क्रिकेट क्षेत्रमा काम गरिरहेका सँस्थाहरु  मध्ये बाट  एडिलेड नेप्लिज क्रिकेट एशोसीयसनलाई छनौट गरि क्रिकेट अष्ट्रेलियामा पठाएको थियो । जोशीका अनुसार सन् २०२०-२१ का लागी एडिलेड नेप्लिज क्रिकेट एशोसीयसनले साउथ अष्ट्रेलियन क्रिकेट एसोसियसन कम्युनिटी अवार्ड समेत जित्न सफल भएको छ।

 एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन (एनका) स्थापनाकालको सुरुवाती दिनहरुमा युवाहरु लक्षित क्रिकेट कार्यक्रमहरु संचालन गर्दै आएको थियो। कुशल व्यवस्थापनका कारण छोटो समयमा सफलता प्राप्त गर्दै गएको यस एशोसीयसनले आफ्नो दायरालाई फराकिलो गर्दै महिला र बालबालिकाहरु लक्षित कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।

 अष्ट्रेलियामा रहेका धेरै समुदायका क्रिकेट सँस्थाहरुमा आफुलाई अग्रपंक्तिमा उभ्याएर एनकाले   क्रिकेट अष्ट्रेलियाको  मन जित्न समेत सफल भएको छ । साउथ अष्ट्रेलियाको प्रिमियर अफिसका लागि सहायक मन्त्री जिंग ली यस एशोसीयसनको दुत रहेकी छन् रहेकी छन् भने अस्ट्रेलियन पाराल्याम्पिक खेलाडी कट्रिना वेब्ब सल्लाहकार रहेकी छन् ।

सन २०१५ देखी बालबालिकाहरु लक्षित क्रिकेट कार्यक्रमहरु संचालन गर्दै आएको छ। हरेक सत्रमा जुनियर  क्रिकेट ब्लास्ट कार्यक्रम संचल गर्दै आएको हो। बालबालिकाहरुको क्रिकेट क्षेत्रमा रुचि बढ्दै गएको हुदा एनकाले गएको सत्रदेखि अन्डर-१० एनका जेम्स टिम समेत निर्माण गरेको छ।

एनका जेम्स टिमले साउथ सेन्ट्रल जुनियर क्रिकेट एशोसीयसन अन्डर-१० टुर्नामेन्ट खेल्दै आएको छ। गएको सत्रमा १३ लिग खेलमा एनका जेम्सले १० खेलमा जित हात पारेका थिए। एनका अध्यक्ष विजय जोशीले अस्ट्रेलियाको राष्ट्रिय टिममा एक दिन यिनै जेम्सहरु पुग्ने बताए। जुनियर बलास्टर, मास्टर बलास्टर, अन्डर १०-१२-१४-१६-१९  हुदै प्रिमियर, स्टेट हुदै एक दिन अस्ट्रेलियाको राष्ट्रिय टिमसम्म पुग्ने आशा राखेका छन्। जोशीका अनुसार एनका जेम्समा नेपाली समुदायसँगै अन्य समुदायबाट समेत बालबालिकाहरु रहेका छन् ।राष्ट्रिय र राज्यका महत्वपूर्ण अवार्डहरु जित्दै गर्दा यसले खुशीसँगै जिम्मेवारी समेत बढेको अध्यक्ष जोशी बताउछन। जोशीले एनकाको खेलकुद  यात्रामा साथ दिने नेपाली समुदाय र सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद समेत ब्यक्त गरेका छन ।