एनकाको वार्षिकोत्सव कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

एनकाको वार्षिकोत्सव कार्यक्रम सम्पन्न



साउथ अस्ट्रेलिया।

एडीलेड नेप्लिज क्रिकेट एशोसियनले ( एनका) वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।एनका खेलकुद सत्र १७ -१८ को अन्त्यसंगै आयोजना भएको उक्त कार्यक्रममा खेलाडीहरु, स्पोन्सर लगायत सहयोगीहरुलाई अवार्ड वितरण गरिएको थियो। कलाकार सन्तोष र बिनीको नृत्य बाट सुरु भएको उक्त कार्यक्रममा क्लबका पब्लिक अफिसर तथा साउथ अस्ट्रेलियन क्रिकेट एशोसियनका कम्युनिटी क्रिकेट एमबेस्डर दिपक क्षेत्रीले यस सत्रमा भएको कार्यक्रमहरुको बारेमा बताए थिए। दशैँ कप , रक्तदान कार्यक्रम , एक्स्पर्ट एनका लिग, माइलो इनटू क्रिकेट , टेस्ट अफ हिमालय टि-२० सिरिज , एडीलेड नेप्लिज क्रिकेट एशोसियन ( एनका) र साउथ अस्ट्रेलियन डिफ क्रिकेट (एस.ए डिफ) क्लब बिच खेल , साका फ्रेन्डशीप कप , एनका सुपर सिक्स लगायतका कार्यक्रमहरु आयोजना गरेको र सहभागिता जनाएको क्षेत्रीले बताएका थिए।

कार्यक्रममा उपस्थित  पाराल्याम्पिक खेलाडी कट्रिना वेब्बले एनकाले गरेका कार्यक्रमहरुको प्रसंशा गर्दै नेपाल आफ्नो दोस्रो घर भएको बताएकी थिईन।नेपाल सुन्दर देश भएको बताउदै नेपालको परोपकारी कामको लागि आर्थिक सहयोग जुटाउदै आएको उनले बताईन। उनले भनिन ‘ तीन वर्षमा ६ चोटी भर्मण गरिकेकी छु ,तीन पल्ट यसै वर्षमा भर्मण गर्न पाए।’अस्ट्रेलियामा मेरो एउटा भाई छन् तर नेपालमा मेरा थुप्रै भाईहरु छन्’उनले हास्दै भनिन। साउथ अस्ट्रेलियाको नेपाली समुदायसँग पनि जोडिने अवसर पाएकोमा एनकालाई धन्यबाद दिदै कट्रिनाले आफ्नो मन्तब्य सकेकी थिईन।

एनकाले यस वर्ष देखि खेलमा आफ्नो जिबन समर्पित गर्ने अस्ट्रेलियन र नेपाली खेलाडीलाई समेत सम्मान गर्ने घोसणा गर्दै अस्ट्रेलिया बाट कट्रिना वेब्ब र नेपालको तर्फ देखि राम राज जोशीलाई सम्मान गरेको थियो।

कार्यक्रममा क्लब एमबेस्डर तथा प्रिमियरका लागि सहायक मन्त्री जिंग लीले एनकाले प्रसंसनिय काम गरेको उल्लेख गर्दै महिला तथा बालबालिकाहरुलाई समेत कार्यक्रमहरु लक्षित गरेकोमा एनकालाई धन्यबाद दिएकी थिईन। कार्यक्रममा क्लबका अध्यक्ष बिजय जोशीले क्लबलाई नया उच्चाईमा पुराउनको निम्ति नेपाली समुदाय , मिडिया , स्पोन्सर , अभिभावक , खेलाडीहरु सबैको हात रहेको बताउदै सबैलाई कृतज्ञता ब्यक्त गरेका थिए । एनकाले यस सत्रमा गरेको रक्तदान कार्यक्रममा करिब ३० रक्तदाताहरु सहभागी भएका थिए भने बालबालिकालाई लक्षित माइलो इन्टू क्रिकेट अन्तर्गतको कार्यक्रममा करिब ४३ बालबालिकाहरु सहभागी भएका थिए।

कार्यक्रममा स्वधी र रुकशा महर्जनले संस्कृतिक प्रस्तुति दिएका थिए भने कार्यक्रम संचालन अभिषेक जोशी र बिनिता गौतम जोशीले गरेका थिए।

यस सत्रमा एनकाले आयोजना गरेका कार्यक्रमहरु र उपलब्धि :

✅२४ सेप्टेम्बरमा दशैंकप आयोजना गरिएको थियो।
✅बार्षिक रक्तदान कार्यक्रम आयोजना भएको थियो जहाँ ३० रक्तदाताहरुको सहभागिता रहेको थियो।
✅१५ अक्टोबरमा सिजन ओपनिङ्ग कार्यक्रम भएको थियो।
✅१५ अक्टोबर देखि १८ मार्च २०१८ भित्र एक्स्पर्ट एनका लिग कार्यक्रम भएको थियो जहाँ टी-२० अन्तर्गत ४ टिम एनका पर्पल , रेड , ब्लु र एलो सहभागी थिए भने एक दिवशिय खेलमा एनका चन्द्र र एनका सुर्य टिम बीच खेल भएको थियो।
✅बालबालिकाहरुलाई लक्षित गरेर माइलो इन्टू क्रिकेट कार्यक्रम २९ अक्टोबर देखि १७ डिसेम्बर २०१७ सम्म आयोजना गरेको थियो। जहाँ ४३ बालबालिकाहरु सहभागी थिए जुन अघिल्लो सत्र भन्दा १३०% वृद्धि भएको छ। जहाँ बाट एडीलेड ओभलमा भएको अशेस टेस्ट अन्तर्गतको खेल ओप्निङ्गमा अर्शिया राजभण्डारीले यहाँको राष्ट्रिय झण्डा सहित सहभागी भएकी थिईन भने अस्ट्रेलिया र इंगल्याण्ड बीच भएको एक दिवशिय खेलमा पायोजा थापा सहभागी भएकी थिईन।
✅ अक्टोबर २०१७ देखि फेब्रअरी २०१८ सम्म टेस्ट अफ द हिमालय टी -२० सिरिज सम्पन्न भएको थियो।
✅ एडीलेड नेप्लिज क्रिकेट एशोसियन ( एनका) र साउथ अस्ट्रेलियन डिफ क्रिकेट (एस.ए डिफ) क्लब बिच खेल १९ नोभेम्बरमा भएको थियो।
✅ मल्टीकल्चर टि-२० नकआउट क्रिकेट टुरनामेन्ट नोभेम्बरमा भएको थियो।
✅ एनका बार्षिक कार्यक्रम तथा माइलो अन्तर्गतको क्लोजिंग कार्यक्रम १७ डीसम्बरमा आयोजना गरेको थियो।
✅ साका फ्रेण्डशिप कप, जनवरी देखि मार्च जहाँ एनका तेस्रो स्थानमा पुग्न सफल भएको थियो।
✅ एनका सुपर सिक्स टुरनामेन्ट १८ फेब्रुअरीमा सम्पन्न भएको थियो जहाँ पहिलो पल्ट महिला टिमको समेत सहभागिता रहेको थियो। जसमा एक्सपर्ट टिमले जितेको थियो भने महिला तर्फ नर्स पावरले जितेको थियो।
✅ अन्तर स्टेट स्पोर्ट कार्यक्रम अन्तर्गत सिड्नीमा ३० मार्च देखि २ अप्रिल २०१८ मा भएको खेलमा सहभागी- जहाँ सेमिफाईनलमा पराजय भए पनि एनकाको बलिङ्ग र फिल्डडिंगको प्रसंशा भएको थियो
✅ नेपाल कप – ४ अप्रिल २०१८
✅ साउथ अस्ट्रेलियन क्रिकेट एशोसियनले क्लबका पब्लिक अफिसर दिपक क्षेत्रीलाई कम्युनिटी क्रिकेट एम्बेसडर गराएको छ।

कार्यक्रममा को- कसले कुन विधामा पाए अवार्ड :

Emerging Player of season 2017-2018: Dil Bahadur Gharti
SAMCA CUP 2017-18 Best Player: Rakesh Jaiswal
Taste of Himalayas T20 series 2017-18 Best player: Nischal Shrestha
Multicultural Event (ANCA VS SA DEAF CRICKET CLUB) Best player:Santosh Adhikari
Oceania Nepali Sports Meet 2018 Best player: Pramod Man sing Basnayat
Bijaya Joshi Award for SACA friendship cup 2018- Best player : Sagar Raj Kandel
Best player- Ladies: Neelam Basnet
Best Performance on fielding 2017-18: Rakesh jaiswal
Best Batsman 2017-18: Nischal Shrestha
Best Bowler 2017-18: Prem Jyoti Poudel
Expert ANCA Leauge T20 2017-18 champion: Nischal Shrestha