साउथ अस्ट्रेलियामा कर्पोरेट कप सम्पन्न - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

साउथ अस्ट्रेलियामा कर्पोरेट कप सम्पन्न



एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन (एनका) र एनआरएनए साउथ अस्ट्रेलियाको सहकार्यमा कर्पोरेट कप आयोजना भएको छ। यहि मार्च २८ तारिक आईतबारको दिन एडीलेडको भिक्टोरिया पार्क ओभलमा बिहान ८ बजे देखी भएको सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्टमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज टिमले जित हात पार्‍यो। टस जितेर ब्याटिंग गरेको प्रतिस्पर्धी भिएक्सल एजुकेशन एण्ड माईग्रेशन टीमले दिएको ६० रनको लक्ष्यलाई ३ विकेटको क्षतिमा एक्सपर्टले रन जोड्न सफल भएको थियो। २०१८ देखी निरन्तर रुपमा ३ वर्ष एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज टिमले कर्पोरेट कपमा जीत हासिल गर्दै आएकोमा टिमका सम्पूर्ण खेलाडीहरुलाई धन्यबाद ब्यक्त गर्दै टीम क्याप्टेन सागर राज कँडेलले खुसी ब्यक्त गरेका थिए।

१२ टिम सहभागी भएको उक्त कर्पोरेट कपमा टिम ‘ए’ मा ई- प्लानेट एडीलेड , मल्टी डाईनामिक साउथ अस्ट्रेलिया , ग्लोबल इन्टरनेशनल कलेज रहेका थिए भने ग्रुप ‘बि ‘मा सेज प्यासिफिक , बूमर्‍याङ एजुकेशनल सर्भिस , नमस्ते सुपर मार्केट , ग्रुप सि अन्तर्गत कुबेर फाईनान्स, भिएक्सल एजुकेशन एण्ड माईग्रेशन , फूडउड रेस्टुरेन्ट ग्रुप डीमा ओपल पेस्ट कन्ट्रोल , एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज , ग्रेस इन्टरनेशनल एडीलेड रहेका थिए।
क्रिकेट टुरनामेन्टका हरेक खेलहरु ५ ओभरको थिए भने ६ खेलाडीहरुले मैदानमा खेलेका थिए। कार्यक्रममा महिलाहरुको टीम एनका सनसाइन र एनआरएनए नारी निकुञ्ज साथै एनका जेम्स रेड र ब्लुको बिच मैत्रीपूर्ण खेल समेत रहेको थियो।

सन २०१५ देखी नै सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्ट आयोजना गर्दै आएको एनकाले यस वर्ष एनआरएनए साउथ अस्ट्रेलियासँग सहकार्यमा गरेको थियो। ट्रफी तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै एनका एनका अध्यक्ष विजय जोशी सम्पूर्ण सहभागी टीमहरुलाई धन्यबाद दिदै बिजयी टीमलाई बधाई ज्ञापन गरेका थिए। एनआरएनए साउथ अस्ट्रेलियालाई कर्पोरेट कपमा सहकार्य गरेकोमा कृतज्ञता ब्यक्त गर्दै आगामी दिनमा समेत दुवै सँस्थाहरुले यसलाई निरन्तरता दिन पहल गर्ने जोशीले बताए। एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक नबिन पन्तले खेलले युवा देखी बालबालिकाहरुलाई समेत जोड्न सकिने हुदा खेलका गतिबिधिहरुमा एनआरएनए साउथ अस्ट्रेलियाले सक्रियताका साथ सहभागिता जनाउने बताए। पन्तले कार्यक्रम सफल गराउन सहयोग गर्ने सम्पूर्ण कर्पोरेट हाउस , स्वयंसेबक, मिडिया लगायत सम्पूर्ण खेलप्रेमी सहभागीहरुलाई धन्यबाद ब्यक्त गरेका थिए।