अंचलकै सबैभन्दा ठुलो केक काटेर कुष्ट रोगीलाई वितरण - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अंचलकै सबैभन्दा ठुलो केक काटेर कुष्ट रोगीलाई वितरण



हिमाल पोष्ट / बुटवल, ४ चैत ।  

विसडम लुम्बिनी कलेजक बुटवलमा   होटल म्यानेजमेन्ट पढ्ने  विद्यार्थीले अंचलकै सबैभन्दा ठुलो केक बनाएर कुष्ट रोगीलाई वितरण गरेका छन्  ।

बुटवल ८ श्रवणपथमा रहेको युरोपियन टेक्नीकल एण्ड भोकेशनल एकेडेमी र लिङकन युनिभरसिटी कलेजबाट मान्यता प्राप्त विसडम लुम्बिनी कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले ३१ पाउन्डको केक बनाएका छन् ।

 

डिप्लोमा होटल म्यानेजमेन्टमा ६ महिने कोर्ष पुरा गरेका विद्यार्थीहरुले आफुहरुको सम्झना स्वरुप उक्त केक निर्माण गरेका हुन् । यस कलेजमा अध्ययन पुरा गरेका विद्यार्थीहरु चिन, मलेसिया थाईल्यान्ड लगायत देशमा इन्टनशिप गर्न जाने गर्दछन् ।

उक्त कलेजमा अध्ययन गरेका विद्यार्थी दिनेश पोखरेलले आफुहरुले ६ महिना सम्म धेरै कुराहरु सिक्यौ अध्ययन पुरा गरेकाले सम्झना स्वरुप बनाएकोे केक केही आर्थिक सहयोग सहित कुष्ठरोगबाट प्रभावित व्यक्ति कल्याण समितिमा रहेका कुष्ठरोगीहरु खुवाएको बताउनुभयो ।

 

कलेजका  प्रार्चाय शुशिल गिरीको अध्यक्षता र कार्यक्रम सञ्चालन संस्थाको संयोजक चिरन अर्यालले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्राचार्य गिरीले अहिले सम्म लुम्बिनी अञ्चलमा यती ठुलो केक कसैले पनि नबनाएकोले आफ्ना विद्यार्थीलेहरुले बनाएकोमा सवै विद्यार्थीहरुलाई बधाई दिनु भएको थियो ।  संस्थाको शेयर सदस्य एवम् पत्रकार केशव भण्डारीले उक्त केक काटी कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।