अनेरास्ववियु पाणिनि बहुमुखी क्याम्पस कमिटिद्वारा स्ववियु बिरोधी गतिबिधी भएको भन्दै आपत्ती - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अनेरास्ववियु पाणिनि बहुमुखी क्याम्पस कमिटिद्वारा स्ववियु बिरोधी गतिबिधी भएको भन्दै आपत्ती



बसन्त श्रेष्ठ,अर्घाखाँची/फाल्गुन ७ 

अनेरास्ववियु पाणिनि बहुमुखी क्याम्पस कमिटि अर्घाखाँचीले स्वबियु बिरोधी गतिबिधी हुन थालेको भन्दै आपत्ती जनाएको छ । त्रिभुुवन विश्वबिद्यालय सार्वजनिक गरेका कार्यतालिका अनुसार आफुहरु स्वबियु निर्वाचन हुुनुुपर्ने पक्षमा रहेको भन्दै अनेरास्वबियुले क्याम्पस प्रबेशद्धारमा रहेको आफ्नो ब्यानर च्यातिएकोमा घोर आपत्ती जनाएको छ ।

अनेरास्वबियुले क्याम्पसमा ब्यानर च्यात्ने आफैमा आतंककारी गतिबिधी, तथा चुुनाव बिरोध गतिबिधी रहेको भन्दै त्यस किसिमका हर्कत तत्काल बन्द नगरिए स्थिती भयाभह हुुन सक्ने चेतावनी दिएको छ । अनेरास्वबियु पाणिनि बहुुमुुखी क्याम्पस कमिटी सहसंयोजक सागर परियारले घट्नाको घोर भ्रत्सना गर्दै अनुशासन हिन गतिबिधी गर्ने बिद्यार्थीलाई क्याम्पस प्रवेशमा रोक लगाउन क्याम्पस प्रमुख समक्ष माग गर्नुुभयो । स्वबियु निर्वाचनलाई लक्षित गरि टागिएको व्यानर च्यातिदिएको भन्दै अनेरास्वबियुुले पहिचान गरी दोषीलाई कारबाही गर्न माग गरेको हो ।

आफुुहरुलाई जिस्काउने तथा तथा अखिललाई कमजोर देखाउन बिभिन्न पक्ष लागि परेको भन्दै अनेरास्वबियुु नेता बसन्त श्रेष्ठले त्यसको परिणाम सहि नहुने चेतावनी दिनुुभयो । उहाँले दमभए चुुनावी मैदानमा उत्रन अन्य बिद्यार्थी संगठनलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा अनेरास्वबियु पाणिनि बहुुमुुखी क्याम्पस कमिटि सहसंयोजक सागर परियार, सदस्यहरु ठाकुर भुसाल, श्रृर्जन भुसाल लगायतले मन्तब्य राख्दै घट्नाको छानबिन गरी दोषीमाथी कडा भन्दा कडा कारबाही गर्न माग समेत गरेको अनेरास्वबियुु प्रचार प्रसार बिभागले जनाएको छ । क्याम्पस परिषरमा राखिएको प्रचारात्मक सामग्री क्रमैसँग हराउन थालेपछि अनेरास्वबियुले त्यसको घोर बिरोध गरेको हो । यस अघि नयाँ शक्ती निकट बिद्यार्थी संगठनको प्रचार सामग्री हराएको बताइएको छ  ।