दुई नम्बरमा एमालेलाई जिताउन अनेरास्ववियु र नाबिना लामाको यस्तो प्लान - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दुई नम्बरमा एमालेलाई जिताउन अनेरास्ववियु र नाबिना लामाको यस्तो प्लान



जनकपुर /भदौ २९

प्रदेश नम्बर २ को चुनावमा अनेरास्ववियु प्रचारप्रसारमा जुटेको छ । अध्यक्ष नवीना लामाको नेतृत्वमा अनेरास्ववियु प्रदेश २ को आठवटै जिल्लामा खटिएको हो ।

२६गते बाराको जीतपुरसिमराबाट सुरु अनेरास्ववियुको प्रचारप्रसार अभियानको टोली आज जनकपुर पुगेको छ। अध्यक्ष नवीना लामा सहितको टोली बारा, पर्सा, रौतहट, सर्लाहीका उम्मेदवारका पक्षमा घरदैलो र सभाहरुमा भोट माग्दै हिँडेकी छिन् ।

बारा जितपुर उपमहानगरपालिका, वीरगंज महानगरपालिका,चन्द्रनिगाहपुर नगरपालिका, हरिवन नगरपालिका लगायतका ठाउँमा उम्मेदवार सगँसगै बस्तीहरुमा भोट माग्दै र युवा विद्यार्थी भेला गर्दै उम्मेदवारका पक्षमा माहोल सिर्जना गर्न जुटेका छन्।

नवीना लामा नेतृत्वको अनेरास्ववियुको टोलीमा सचिब ओशिम आलम, प्रवक्ता सुदिप शर्मा र केन्द्रीय सदस्य सजिना थापामगर रहेका छन्। मौन अवधि अघि सम्म तराई बसेर राजधानी फर्कने योजना रहेको प्रवक्ता सुदिप शर्माले जानकारी दिए