अनेसास जापानको कार्यक्रम भव्य रूपमा सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अनेसास जापानको कार्यक्रम भव्य रूपमा सम्पन्न



हिमाल पोस्ट /चैत्र २८ 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको साहित्यिक कार्यक्रम अन्तर्गत कृति साकुरा फुल्दा-४, नेपाली नयाँवर्ष २०७४ को शुभकामना आदान प्रदान साथै ४०औं साहित्यिक शृङ्खला जापानको टोकीयोमा आईतवार भव्यरूपमा सम्पन्न भयको छ।

संस्थाका अध्यक्ष विष्णु प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको अतिथिहरूमा अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला, अनेसास जापानका पूर्व अध्यक्षहरू दिनेशराज ज्ञवाली, वेलुकाजी थापा, आलोक चालीसे, एन.आर.एन.ए जापानका उपाध्यक्ष देवीलाल भण्डारी, ओ.एन.एफ जापानका कार्यबाहक अध्यक्ष बाबुराम भण्डारी, जन सम्पर्क समिति जापानका महामन्त्री रामजङ्ग कार्की, अन्तर्राष्ट्रिय नेपाली समाज जापान(नयाँ शक्ति नेपाल)का प्रवक्ता भुवन रोका,ओनो जापानका उपाध्यक्ष सन्तोष सिलवाल,कलाकार रामकृष्ण बम मल्,ल वि फ़र अल जापानका अध्यक्ष सरोज कुमार क्षेत्री,रूपन्देही समाज जापानका अध्यक्ष पशुपति गिरी, बाग्लुङ समाज जापानका अध्यक्ष राजवीन थापा, आपचौर समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी, स्याङ्जा समाज जापानका अध्यक्ष सागरमणी भण्डारी, INFSD जापानका अध्यक्ष दुर्गा क्षेत्री,पत्रकारहरू खगराज गौतम, राजन गौतम, उत्तम गौडेल, शान्त पहरी, प्रेमिला गौचन,सन्तोष बाबु चोखाल, संगिता कुँवर लगायतका अथिती साथै दर्जनौ श्रोता र दर्शकका बिच कार्यक्रम सम्पन्न भएको थियो।

बाराकाडे नेपाली रेष्टुरेण्ट सिनओकुबुको हलमा राष्ट्रिय गान गायर सुरूगरियको उक्त कार्यक्रममा आगन्तुक स्रष्टा,सर्जकहरूलाई जीवन अर्यालले स्वागत गर्नुभयको थियो।

जापानमा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका स्रष्टाहरू,गिरिजा गैह्रे,मिनराज बास्कोला,रविन्द्र दिखुक्पा, हेमन्त गिरी,रबिन शर्मा,अरुण पौडेल,अरुण जङ्ग पुरी,जीवन अर्याल, भुवन रोका, संगीता कुवँर,फणीकान्त आचार्य,सविना रेग्मी,सुमित गिरी,आनन्द अधिकारी, दिनेशराज ज्ञवाली, आलोक चालीसे,प्रकाश पौडेल माईला, रामकृष्ण बम मल्ल, दुर्गा क्षेत्री,सरोज कुमार क्षेत्री, समर्पण गद्देल, दीप पाठक लगायतका दुई दर्जन सर्जकहरूले आफ्नो गहकीला,राष्ट्रप्रेमले ओतप्रोत र शालीन रचना सुनायर माहोललाई काव्यमय वनायका थिए।

सोअवसरमा नेपाली नयाँवर्ष २०७४ को शुभकामन आदान-प्रदान गरिएको थियो भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको मुखपत्र कृति साकुरा फुल्दा-४ र अनेसास जापानका सदस्य गिरिजा गैह्रेको २० वटा गजल समावेश भयको कृति कैफ़ियत २ को पनि अनेसास जापानको तर्फबाट उक्त समारोहमा विमोचन गरिएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका महासचिव दीप पाठकले गरेका थिए । स्मरणरहोस अनेसास जापानले हरेक तिन-तिन महिनामा आफ्नो साहित्य श्रृङखला गर्दै जापानमा रहेका स्रष्टा,सर्जकका भावनालाई उजागर गरिरहेको छ।