अङ्ग प्रदर्शनको फरक परिभाषा  - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अङ्ग प्रदर्शनको फरक परिभाषा 



दुर्गा पंगेनी

मेहनत भन्दा आलोचनाले छिटो स्टार बनाउछ यौटा कलाकारलाई । स्टारडम यस्तो चिज हो जसलाई पाउन कलाकारहरू मरीहत्ते गर्छन् । समय सँगै प्रविधिको सहयोगले कलाकारको सङ्ख्या बढ्दै छ तर सबै कलाकार हरू स्टार बन्न सक्दैनन । अझ परम्परागत विधामा कलाकारीता गर्नेहरु त चर्चा बाट टाढै रहन्छन । सामान्यतया स्वर या अभिनयको कारण चर्चामा आउने कलाकारको लागी अहिले सामाजिक सञ्जाल उत्प्रेरक कुरा बनेर आयो । चर्चाको लागी या स्टारडमको लागी वर्षौं मेहनत गर्नुपर्ने अवस्था बाट कलाकारले मुक्ति पाए । त्यही अनुपातमा स्टार हरुको उत्पादन पनि उल्येख्य रूपमा बढ्यो । हरेक कार्यक्रमहरू या सहभागिताका कुराहरू आम जनमानसले थाह पाउने गरी सेयर गरेपछि तुरुन्तै आफ्नो लोकप्रियता मापन गर्न सक्ने भए कलाकारहरू ।

नेपाली कलाकारीताको हकमा अझै सम्म सामाजिक सञ्जालमा आफ्नो प्रोफाईल बनाएर त्यसलाई अपरेट गर्न नसक्ने स्टारहरू उल्येख्य रूपमा हुनुहुन्छ । फेसबुकको प्रोफाईल बनाउन या सेटीड• गर्न,आफ्नो इमेल आईडी बनाउन या भएको मेल खोलेर इमेल पठाउन या पढ्न, ब्लग बनाउन या युट्युवमा आफ्नो एकाउन्ट बनाउन समेत नसक्ने कलाकार हरू सुपरहिट भएर स्टार बनिसकेको पनि देख्न पाइन्छ । कतिपय लोक कलाकार हरुले फेसबुक र टुईटरमा आफू बुटवलमा कार्यक्रममा रहेको फोटो अपलोड गरिरहदा अपलोडको लोकेसन बेलायत देखाइरहेको हुन्छ । त्यो हुनुको कारण हलिवुड या वलीवुडका स्टारको झैँ असिस्टेन्टले सामाजिक सञ्जाल चलाईदिएर होइन । उनीहरूले फोटोको क्याप्सन समेत लेख्न नसकेको कारण विदेशमा रहेका ब्वाईफ्रेण्ड या कोही शुभचिन्तक हरुले गर्दिएको हो भन्ने कुरा प्रस्टै हुन्छ । नेपाली कलाकार हरू एकादुई लाई छाडेर अझै सम्म पनि निजी सहयोगी राख्न सक्ने हैसियतमा पुगीसक्नुभएको छैन भन्दा अत्युक्ती नहोला।

स्टारहरुको कार्यक्रम हरुको चर्चा गर्दा वार्डरोव मालफंकसन का ईन्सीडेन्ट हरू अथवा झुक्कीएर संवेदनशील अङ्ग देखिने अवस्थाहरुको बारेमा निकै चर्चा भइरहेको पाइन्छ। हिन्दी सिनेमा जगतमा पनि त्यस्ता घटना हरुको बारेमा प्राय सबै कलाकार हरू झुक्कीने गरेका भिडियो हरू युट्युवमा बग्रेल्ती पाईन्छन।ऐश्वर्या रायको स्तन, अनुश्का शर्माको पेन्टी देखिएको अथवा साहिद कपुर करिना कपुरले आलिंगनवद्द भएर चुम्वन गरेका भिडियो हरुले भारतीय मनोरंजन बजार बेला बेला तात्ने गरेको देखिन्छ। त्यस्तै यता नेपालमा पनि हंकड• मा प्रियंका कार्कीको स्तन देखियो, करिस्मा मानन्धर को पेण्टी देखियो या शुस्मा कार्कीको ब्रा देखिएका समाचारहरू आईरहन्थे । आलोचनाको साथमा गाली वर्षाउन सिपालु नेपाली फेसबुक र टुईटर प्रयोग कर्ता हरुलाई दसैँ त त्यो बेला आयो जब दांड• को यौटा कार्यक्रममा सधैँ स्तनको आधाआधी भाग देखिने गरी लुगा लगाउन रुचाउने लोक गायिका ज्योति मगरको स्तनको अग्रभाग नै देखियो । यो घटना त्यत्ति ठुलो हल्ला हुनुपर्ने किसिमको हो जस्तो लाग्दैन किनकि त्यो एउटा असावधानीवस भएको दुर्घटना मात्र पनि हुन सक्छ भन्ने कुरा आलोचक हरुले मनन गर्न सक्नुभएन ।

सामाजिक सञ्जालमा स्तनको मुन्टोको फेदको घेरो देखिएको त्यो फोटो सामाजिक सञ्जाल हरुमा भाईरल भयो ।साथसाथै दर्शकले सामाजिक सञ्जालमा यसरी गाली बर्षाउन थाले की मानौं त्यो अङ्ग ज्योतिले नियत बस देखाएकी हुन अथवा त्यहा स्तन देखाउनकै लागी ज्योतिले ज्याकेट उतारेकी हुन । आलोचक हरुले सामान्यतया पनि बुझ्नुपर्ने कुरा के हो भने भारत तिर कुनै कलाकारको त्यो अवस्था आईपर्छ भने उसको म्यान्जमेन्ट टिम र उसको ड्रेस डिजाईनर दोषी हुन्छ किनकि त्यहा कलाकार एक्लो नभएर यौटा संस्था या टिम जस्तै हुन्छ । कलाकारका हरेक कुरा हेर्ने विभाग हुन्छ। मेकअप,हेयर,ड्रेस इत्यादि हेर्ने छुट्टै मान्छे हुन्छन् त्यसैले जे विग्रन्छ त्यही मिलाउनेको जिम्मेवारी हुन्छ र उसैको आलोचना हुन्छ । नेपाली कलाकारीकाको स्थान त्यहा सम्म पुगेको छैन । जे गर्छन् कलाकार आफै गर्छन् तसर्थ गल्तीको सजाय पनि आफै बेहोर्छन ।

फेसबुकमा आएका स्टाटस हरू र विरोधका स्वर हरू हेर्दा आलोचना गर्ने हरुले कलाकारलाई पुरै दोष थोपरेको देख्न पढ्न पाइन्छ तर बुझ्न पर्ने कुरा के हो भने ती ईन्सीडेन्ट हरू कलाकारले चाहेर भएका होईनन। ज्योति मगरको दाड• मा भएको ईन्सीडेन्टको विरोधमा धेरै गाली हरू देखिए सामाजिक सञ्जालमा तर आलोचक हरुले बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि कलाकारले भल्गर देखिने गरी आफूलाई प्रस्तुत गर्न चाहदैनन त्यो त नचाहदा नचाहदै हुने दुर्घटना हो । ग्ल्यामर लुक्स र भल्गारीटी बिच रौं बराबरको दुरी हुन्छ । अलिकति यता हुँदा ग्ल्यामर र रौं बराबर उता हुँदा भल्गर देखिन्छ यौटै प्रस्तुति । सकेसम्मको ग्ल्यामर लुक्स दिएर दर्शकलाई भरपुर मनोरन्जन दिने प्रयासमा लागीरहदा कतिपय कुरा हरुले धोका दिन्छन बिचमै र प्रस्तुति भल्गर देखिन पुग्छ त्यसमा कलाकारलाई दोष दिएर के फाइदा हुन्छ? कुनै पनि कलाकार ले भल्गारीटी प्रस्तुत गरेर आफ्नो क्यारीयर विगार्न चाहदैनन र ज्योतिको केशमा पनि भएको त्यही हो । उनको लुगाको तुना चुड्यो सपोर्ट गरिरहेको लुगा लत्रदा भित्री लुगाले ठाउँ छोड्यो र उनको स्तन अलि बढीनै देखियो । तर उनकै शब्दमा भन्न पर्दा उनी गीतमै कन्सन्ट्रेड भइरहेको अवस्थामा त्यो कतिवेला भयो उनले थाहा नै पाईनन । अव यौटा कलाकारले थाहै नपाएर सृजना हुन पुगेको अफ्ट्यारो अवस्थामा कतिन्जेल सम्म उसलाई गाली गरिरहने या कति तल्लो र निम्न दर्जाको गाली गरिरहने भन्ने कुरा पनि दर्शक या आलोचकले बुझ्नुपर्ने कुरा हो।

महिला अङ्गका आकार प्रकारका शीर्षकहरू पत्रीकामा विकाउ हुन्छन् । पत्रकार साथीहरू पनि त्यस्तै मौकाको खोजीमा रहनुभएको देख्न पाइन्छ । केही समय पहिला अभिनेत्री निशा अधिकारीको लो एंगल भिडियो खिचेको विवाद सतहमा आयो । फेरी सार्वजानीक कार्यक्रममा प्रियंका कार्कीको अन्तर्वस्त्र देखिएको फोटो आयो बजारमा । उनले त्यो फोटो ईडीट गरेर बनाइएको दाबी गरिन र त्यो घटना पनि त्यसरी नै सेलाएर गयो । हल्ला घटेर गएपनि ती फोटाहरु न्युजफिडमा घुमीरहनेछन बर्षौं वर्ष सम्म । ती हल्लाहरुले या त्यस्ता फोटा हरुले यौटा स्टार कलाकारको क्यारीयरमा खासै असर परेको देखीदैन तसर्थ दर्शक र श्रोता हरुले पनि संसारका रित हरू हेरेर बुझेर आलोचना र गाली गर्ने अथवा कलाकारका त्यस किसिमका अवस्था लाई बुझ्ने गरी यौटा छुट्टै किसिमको मानसिकताको विकाश गर्नुपर्ने देखिन्छ ।
(प्रस्तुत लेखको आशय कुनै पनि किसिमको अङ्ग प्रदर्शन को पक्षमा नरहेको जानकारी गराउछु)