कसरी फकाउने रिसाएकी श्रीमतीलाई ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कसरी फकाउने रिसाएकी श्रीमतीलाई ?



भनाइ नै छ बिनाश काले विपरित बुद्धि…रिसाएको बेलामा केही यस्तै अवस्था हुन्छ । मानिस रिसाएको बेला के सही के गलत सोच्दैन । उ खाली आफ्नो रिस देखाउनमात्र तत्पर रहन्छ । यस अवस्थामा भएका घटनाले पछिसम्म नराम्रो परिणाम दिने गर्छ । अझ यसको असर वैवाहिक जीवनमा धेरै नै हुन्छ ।

श्रीमान र श्रीमतीबीच वैचारिक मतभेद हुनु सामान्य कुरा हो । केही कुरामा मतभेदका कारण झगडा हुनु पनि सामान्य नै मानिन्छ । तर, उक्त रिसलाई नियन्त्रण गर्न सकिएन भने ठुलो दुर्घटना समेत निम्तिने गर्छ ।

अधिंकाश पुरुषहरुको एउटै समस्या भएको देखिन्छ कि उनीहरुको श्रीमतीलाई रिस धेरै उठ्छ । यस्तो अवस्थामा उनीहरुलाई मनाउन निकै गाह्रो पर्छ । कतिपय अवस्थामा त महिलाहरु निकै सेन्सेटिभ समेत भइदिन्छन् जसका कारण पुरुषहरुलाई समस्यासँग झेल्न निकै गाह्रो पर्छ ।

एउटा कुरा सदैव ध्यानमा राख्नुपर्छ, रिसाएको मानिससँग जहिले पनि शान्त व्यवहार गर्नुपर्छ । तर, रिसको स्वभाव भएका मानिसहरु यस्ता कुरालाई वास्था गर्न चाहादैनन् । दुवै जनाले रिसाहा स्वभाव देखाएमा अवस्था झन् खतरनाक बन्नेगर्छ ।

१. शान्तिसँग गरिएका हरेक काम सफल हुन्छन् । यदी तपाईकी श्रीमती रिसाएकी छिन् वा रिसाउने बानी छ भने सबैभन्दा पहिला आफु शान्त रहनुहोस् । तपाई पनि रिसाउनु भयो भने समस्या झन् जटिल बन्छ । यसकारण शान्त र संयम रहनुहोस् ।

२. कुनै पनि समस्याको हल निकाल्न छ भने त्यसबारे जान्न खोज्नुहोस् । जब समस्या नै पत्ता लगाइदैन भने समाधान कसरी खोज्नुहुन्छ । श्रीमतीको रिस शान्त गराउन पनि समस्या बुझ्न प्रयास गर्नुहोस् ।

३. जब श्रीमती रिसाएको समस्याबारे थाहा पाउनुहुन्छ, समाधानतिर लाग्नुहोस् । जतिसक्दो समाधानतिर लाग्नुुहुन्छ श्रीमतीको रिस शान्त हुने वातावरण बन्छ भने घरमा एउटा रमाइलो वातावरण बन्दै जान्छ ।

४. महिलाहरु प्राय पुरुषहरुले समय नदिएका कारण रिसाउने गर्छन् । पहिला उनीहरुको कुरा सुन्नुहोस् । सकिने अवस्था छ भने उनीहरुलाई बुझाउने प्रयास गर्नुहोस् । प्राय महिलाहरु साना साना कुरामा पनि धेरै रिसाउने गर्छन् । ती गल्तीहरुबाट उम्कने काम गर्नुहोस् ।

५. यदी तपाईको बच्चाहरु छन् भने उनीहरुसँग पनि उपाय लिनसक्नु हुन्छ । प्राय बच्चाहरुसँग महिला नजिक हुने गर्छन् । उनीहरुलाई पनि महिलाहरुको समस्याबारे थाहा हुन्छ । यसले पनि ठुलो मदत दिने काम गर्छ ।