यहि विवादले दोस्रो तहका नेताको पनि भविष्य निर्धारण हुनेछ: अनिल शर्मा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यहि विवादले दोस्रो तहका नेताको पनि भविष्य निर्धारण हुनेछ: अनिल शर्मा



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा नेता तथा काठमाडौं क्षेत्र न. १ का इन्चार्ज अनिल शर्माले पार्टीका दोश्रो तहका नेताहरूको योग्यता र भविष्यप्रति प्रश्न गरेका छन् । पार्टीमा भैरहेको विवाद र किचलो समाधान गर्न दोस्रो तहका नेताहरूले शिर्षनेताहरूको हर्कत बन्द गराउन सक्नुपर्ने उनले बताएका छन् ।

शर्माले पार्टी र आन्दोलनलाई बचाउन अरू उपाय र पात्रहरूपनि जन्मन सक्ने भन्दै शिर्ष नेताहरूको क्षमतामाथि प्रश्न गरेका हुन्। बुधबार सामाजिक संजालमार्फत शर्माले नेकपा सिंगो राख्न चाहने दोस्रो तहका नेताहरुले पार्टीमा भैरहेको यो जगहसाई रोक्न र आम कार्यकर्ताको भावना बुझ्न सक्नुपर्ने समेत बताएका छन् ।

उनले भनेका छन्, ‘शिर्ष नेताहरुको यो हर्कत बन्द गराइ पार्टीलाई एकतावद्ध राख्न के तयार हुनुहुन्छ ? के सक्नुहुन्छ ? यसकै व्यवहारिक उत्तरमै तपाइहरुको भविष्य निर्धारण हुनेछ ।’ पार्टीमा भैरहेको विवादलाई संकेत गर्दै उनले धैर्यताले सीमा नाघेको समेत बताएका छन् ।

उनले लेखेका छन्:

धैर्यताको पनि सीमा हुन्छ, अब अति नै भो । नेकपा सिंगो राख्न चाहने दोस्रो तहका नेताहरु यो जगहसाई रोक्न र आम कार्यकर्ता र शुभचिन्तकहरुको भावनालाई बुझि शिर्ष नेताहरुको हर्कत बन्द गराइ एकताबद्ध राख्न के तयार हुनुहुन्छ ? के सक्नुहुन्छ ? यसकै व्यवहारिक उत्तरमै तपाईँहरुको भविष्य निर्धारण हुनेछ । पार्टी र आन्दोलनलाई संगठित गर्न त अरु उपाय र पात्र पनि जन्मेलान ।