अनिल शर्माको सुझाव- सबै परीक्षण भए, सही बाटोमा हिड्ने यो अन्तिम अवरसर हो - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अनिल शर्माको सुझाव- सबै परीक्षण भए, सही बाटोमा हिड्ने यो अन्तिम अवरसर हो



नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्माले नेपालको संसदीय राजनीतिमा सबैखाले परिक्षण भैसकेको बताएका छन् । उनलेयो परिस्थिति सम्म आइपुग्दा सम्भवतः संसदिय राजनितिका सबै परीक्षण पुरा भएको बताएका हुन् ।

नेकपा एमालेलगायतका सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि शर्माले सामाजिक सञ्जालमार्फत अबको यो सहमतिलाई एकताको आधार बनाएर अगाडी बढेर स्थायित्वको यात्रा तय गर्न सुझाव दिएका छन् ।

उनले सही बाटोमा हिड्ने यो अन्तिम अवसर भएको समेत बताएका छन् । उनले भनेका छन्, ‘अबको यो सहमतिलाई एकताको आधार बनाई ‘माइल स्टोन’ को रुपमा अघि बढाऔं अनि मात्र देशले स्थायित्वको यात्रा गर्ने छ र हामी सहि बाटोमा हिड्ने यो अन्तिम अवरसर हुन सक्छ ।‘

उनले लेखेका छन्,

पहिले ओली कमरेडको अहंकारले भत्कियको बाटो अहिले देउवाको हटले जोडिन पुगेको छ । यो परिस्थिति सम्म आइपुग्दा सम्भवतः संसदिय राजनितिका सबै परीक्षण पुरा भयका छन । अबको यो सहमतिलाई एकताको आधार बनाई ‘माइल स्टोन’ को रुपमा अघि बढाऔं अनि मात्र देशले स्थायित्वको यात्रा गर्ने छ र हामी सहि बाटोमा हिड्ने यो अन्तिम अवरसर हुन सक्छ ।