अंगीकृतले मुख्यमन्त्री पनि नपाउने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अंगीकृतले मुख्यमन्त्री पनि नपाउने



हिमाल पोष्ट / ११ मंसिर, काठमाडौं । सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

त्यसअघि सत्तारुढ दल कांग्रेस र माओवादीले संविधान संशोधनका विषयमा विभिन्न दलहरुसँग थप छलफल गर्ने भएका छन् ।

मस्यौदा तयार भए पनि सकेसम्म सहमतिमै संशोधन प्रक्रियामा अघि बढाउन भन्दौ थप छलफल गर्ने निष्कर्षमा दुवै दलका शीर्ष नेता पुगेका आजको नयाँ पत्रिकामा समाचार छ ।

सरकारले शुक्रबार तयार पारेको मस्यौदामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायढाधीस, सभामुख, राष्ट्रिय सभा अध्यष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र चार सुरक्षा निकायका प्रमुख पदमा निर्वाचित, नियुक्ति वा मनोनित हुन वंशजका आधारमा नागरिक भएको हुनपर्ने संवैधानिक व्यवस्थामा तलमाथि नगरी प्रसताव तयार गरिएको छ ।