अंकित र मिलनको आवाजमा "टाढा भए पनि ति रातहरु नबिर्सनु" (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अंकित र मिलनको आवाजमा “टाढा भए पनि ति रातहरु नबिर्सनु” (भिडियो सहित)



हिमाल पोस्ट /बैशाख २४ 

पछिल्लो समय आफुलाई गीत संगीतमा अब्बल बनाउदै आएका गायक अंकित न्यौपानेको प्रस्तुति रहेको नयाँ गीत “ति रात हरु” सार्बजनिक भएको छ ।

निकै नै सुन्दर शब्दमा ससजित मधुरिपूको शब्द रहेको यो गीतमा गायक अंकित न्यौपाने अनि मिलन अमात्यको आवाज रहेको छ । गायक अंकित न्यौपाने स्वयंमको आफ्नै संगीत रहेको छ भने आशिष अविरलको संगीत संयोजन रहेको छ ।

यसै गरि भिडियो पनि निर्माण भएको छ । भिडियोमा निर्मला दाहालको मेकअप, उत्सव दाहालको छायांकन अनि निशान घिमिरे सम्पादन रहेको छ । भिडियोमा युवराज वाईवाको निर्देशनमा जेबिका कार्की अनि आकाश श्रेष्ठको अभिनय रहेको छ ।

यसै गरि यो गीतको डुओईट कभर गीत प्रतियोगिता पनि हुने भएको छ । यो गीतमा १० उत्कृष्ट गीत लाई छनौट गरिने छ भने बिजेता लाई रु. दस हजार पुरस्कार प्रदान संग संगै डुओईट अडियो गीत पनि निर्माण गरिने छ ।
बिस्तृत जानकारीको लागि तल दिएको लिंक खोल्नु होला ।
https://www.facebook.com/ankit.neupane.716

भिडियो हेरौ