अन्य स्रोतबाट आएका भारतीय नोट धेरै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अन्य स्रोतबाट आएका भारतीय नोट धेरै



हिमाल पोस्ट / २९ कात्तिक, काठमाडौं ।
नेपालमा प्रचलनमा रहेका ५०० र १००० का भारतीय नोटहरु बैंकिङ प्रक्रियाबाट नभएर कामदार र अन्य स्रोतबाट आएको राष्ट्रबैंकले जनाएको छ ।

राष्ट्रबैंकले १०० दरका नोटमात्र ल्याउने गरेकाले अन्य नोटहरु कामदार र अन्य स्रोतबाट आएको राष्ट्रबैंकका बिनिमय व्यवस्थापन बिभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए ।

नेपाल-भारत खुल्ला सीमा व्यापार र कामदार मार्फत ५०० र १००० का नोटहरु नेपालमा ठूलो मात्रामा चलनचल्तीकमा रहेको बताइएको छ ।
दुई बर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि ५०० र १००० का भारतीय नोटहरुलाई बैधता दिइएको थियो । त्यसअघि नेपालले भारतीय मुद्राका ठूला नोटहरुमाथि प्रतिबन्ध लगाएको थियो ।

भारत सरकारले ५०० र १००० का नोट प्रतिबन्ध लगाएपछि भारतसँग सीमा जोडिएका नेपाल, भुटान लगायतका देशमा पनि यसको असर व्यापक मात्रामा परेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।