विवादमा अन्नु मलिक: इण्डियन आइडलबाट पुन: 'आउट' - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

विवादमा अन्नु मलिक: इण्डियन आइडलबाट पुन: ‘आउट’



काठमाडौं- भारतका चर्चित गायक तथा संगीतकार अनु मलिक यो पटक फेरि इण्डियन आइडलबाट बाहिरिएका छन् । गायन रियालिटी शो इण्डियन आइडल उनीमाथि लागेको यौन दूराचारको आरोपका कारण छाड्नुपरेको हो ।

बिहीबार गायिका सोना महापात्राले महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीलाई एक सार्वजनिक पत्र लेखेर यो घटनामा हस्तक्षेपको अपील गरेकी थिइन् । अनु मलिकको ठाउँमा जजको भूमिकाका लागि को आउने छन् त्यसको कुनै जानकारी दिइएको छैन ।

त्यसपछि राष्ट्रिय महिला आयोगले सोनी टेलिभिजनसँग स्पष्टीकरण सोधेको थियो । सोना महापात्राले सार्वजनिक पत्रमा अनु मलिक जस्ता व्यक्तिहरुलाई स्थान दिइएको भन्दै त्यसको विरोध जनाएकी थिइन् ।

सोना महापात्रा, नेहा भसीन तथा श्वेता पण्डित लगायतले अनु मलिकमाथि यौन शोषणको आरोप लगाएका थिए । त्यसपछि उनलाई शोबाट निकालिएको थियो । तर फेरि इण्डियन आइडलकाे जज बनाएको भन्दै उनको विरोध भइरहेको थियो ।