रोल्पाका माअोवादी नेता भन्छन्– अन्तर्घातले तीन तह गुमे - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रोल्पाका माअोवादी नेता भन्छन्– अन्तर्घातले तीन तह गुमे



काठमाडौं, २८ असार ।

माओवादीको सर्वाधिक प्रभाव क्षेत्र मानिने रोल्पाका १० स्थानीय तहमध्ये माओवादीले ७, कांग्रेसले एक र एमालेले दुई तह जितेका छन् । उम्मेदवारी छनोटमा मिलाउन नसक्दा रोल्पाका तीन तह गुमाउनुपरेको जिल्ला इन्चार्ज दीपेन्द्र पुन ‘सिजल’ले बताए ।

अाजकोनयाँ पत्रिकामा खबर छ– जिल्लाका सबै तह जित्न सक्ने आधार हुँदाहुँदै पनि पार्टीको आन्तरिक समस्याले माओवादीले हारेको उनको भनाइ छ । ‘हामीले आफ्ना साथीहरूलाई उम्मेदवार छनोटमा सन्तुष्ट बनाउन सकेनौँ,’ पुनले भने, ‘जसले गर्दा गाउँपालिका र वडामा समेत हाम्रा साथीहरू बागी उठ्ने र अन्तर्घात गर्ने काम भयो, अन्ततः कांग्रेस एमालेले पनि जित्ने मौका पाए ।’

माओवादीकै कारण रुन्टीगढी र मादी गाउँपालिकामा एमाले तथा त्रिवेणीमा कांग्रेसले जितेको उनले बताए । सँगैको रुकुममा भने ९ वटा तहमा माओवादीले सबै जितेको छ ।