अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बहराइनको आयोजनामा तिज गीत तथा दर खाने कार्यक्रम सम्पन्न ( फोटो फिचर) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बहराइनको आयोजनामा तिज गीत तथा दर खाने कार्यक्रम सम्पन्न ( फोटो फिचर)



समिर प्रकाश पाण्डे /बहराईन

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बहराइनको आयोजनामा तिज विशेष कार्यक्रम संम्पन भएको छ । नेपाली दूतावास बहराइनका कार्यबाहक राजदूत खगराज पाण्डेको प्रमुख आतिथ्यतामा , कार्यक्रमको सभापति समाज कि कार्यबाहक अध्यक्ष पबित्रा राईको उद्धघाटन समारोह बिच कार्यक्रम संम्पन भएको  थियो ।

कार्यक्रममा बहराइन बासी एवम् आम नेपालीको मन जित्न सफल लोक तथा दोहोरी गायक आसिम महतले कार्यक्रम सन्चालन गर्दै भरपुर मनोरञ्जन प्रदान गर्नु गरेका थिए  ।कार्यक्रम बहराइन कर्नाटाका सोसियल क्लबको हल गुदबिया मानमामा भएको थियो ।कार्यक्रममा राजदूत खगराज पाण्डे  ,नेपाली कल्ब बहराइन अध्यक्ष कमल श्रेष्ठ ,गायिका सरिता दर्लामी लगायतले उपस्थित दर्शकहरु माझ शुभकामना मन्तव्य राख्दै सम्पूर्ण बहराईन बासी नेपालीहरुमा शुभकामना आदान प्रदान गर्नु भएको थियो  ।  नेपालीहरूको चाड पर्व सस्कृतीलाई सम्झेर बहराइनका  नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ तिज मनाउने अवसर दिनु भएकोमा अन्तर्राष्ट्रिय कलाकार समाजलाई विशेष धन्यवाद प्रकट गर्नु गरेका थिए  ।

परदेशमा भएर पनि कार्यक्रममा नेपाली चेलीबेटीहरुले नेपालमै भएर तिज मनाएको महसुस सम्म गरेको बताए । भव्य कार्यक्रम बिच समाजले दर खाने ब्यावस्था पनि मिलाएको थियो ।14102115_1393121917371791_1990589327_n 14159289_1393121947371788_242562154_n 14159868_1393121927371790_1557902083_n 14171910_1393122020705114_133263211_n 14182514_1393122000705116_744488308_n