महामारीमा खुसीको खबर: कोरोनाको असर कम गर्ने एन्टिबडी पत्ता लाग्यो - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

महामारीमा खुसीको खबर: कोरोनाको असर कम गर्ने एन्टिबडी पत्ता लाग्यो



काठमाडौं- संसारभर खोजी र अन्वेषण भैरहेका बेला अमेरीकामा वैज्ञानिकको एक समूहले आशालाग्दो दाबी गरेका छन् ।

उनिहरूलो समुहले कोरोनाको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएकाे दाबी गरेका छन् ।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा एबी ८ को औषधि प्रयोग गरेको र यो औषधिले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको पाइएको खबरमा उल्लेख छ ।

उनीहरुका अनुसार यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको छ । यो एन्टिबडी एबी ८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ ।

यो औषधिले शरिरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्ने खबरमा उल्लेख छ । औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउन भन्दा पनि कोरोना सङ्क्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकको भनाई छ ।

पछिल्लो समय अमेरीका, भारत, ब्राजिल लगायतका देशमा सङ्क्रमण तीब्र रुपमा बढ्दै गएको छ । कोरोना भाइरस विरुद्वको खोप निर्माणका लागि विभिन्न देश तथा कम्पनी लागिपरेका छन् ।