नयाँ शक्तिको"अन्तर्राष्ट्रिय नेपाली समाज मकाउ" तदर्थ समिति गठन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नयाँ शक्तिको”अन्तर्राष्ट्रिय नेपाली समाज मकाउ” तदर्थ समिति गठन



हिमाल पोस्ट /फाल्गुन ९ मकाउ 
नयाँ शक्ति नेपालको विदेश स्थित भातृसंगठन “अन्तर्राष्ट्रिय नेपाली समाज(INS) मकाउ” चीनको स्वशासित क्षेत्र मकाउको हाक्सा बिच स्थित समुन्द्री तटमा १९ फरवरीका दिन अन्तर्राष्ट्रिय नेपाली समाज(INS) हंगकंगको संयोजक प्रेम मोक्तान (लामा)को प्रमुख अातिथ्यमा भएको विशेष कार्यक्रमबाट अन्तर्राष्ट्रिय नेपाली समाज( INS) मकाउको तदर्थ समिति गठन गरिएको छ।

नयाँ शक्ति नेपालको विदेश स्थित भातृ सङ्गठन अन्तर्राष्ट्रिय समाज मकाउ ३६औं नम्बरमा स्थापना भएको छ।यसरी सङ्गठन स्थापना गर्नुको मूल उद्देश्य पार्टी र देशको हितका लागि साथै मकाउमा कार्यरत रहेका नयाँ शक्ति नेपाल प्रति आस्था राख्नु हुने आस्थावान नेपाली नागरिकहरूलाई एक्यबद्धता गराएर पार्टी प्रतिको आस्थालाई सजिवता दिलाउनकै लागि स्थापना गरिएको हो भन्नु हुन्छ समाजका संयोजक प्रजुन कुमार अधिकारी।

यसै तदर्थ समितिले नै प्रथम अधिवेशन गराएर कार्य समितिलाई पूर्णता दिने छ।प्रजुन कुमार अधिकारीको संयोजकत्वमा गठन भएको समाजको तदर्थ समितिका पदाधिकारीहरूको नामावली यस प्रकार छ:- संयोजक प्रजुन कुमार अधिकारी,उप संयोजक यम बिलास भट्टराई र ईश्वर श्रेष्ठ,महासचिव नगेन्द्र खत्री,कोषाध्यक्ष अमृत श्रेष्ठ,सदस्यहरू १.लक्ष्मण भण्डारी २.राम बुढाथोकी मगर ३.चन्द्र बाहादुर छ्न्त्याल ४.देव कुवँर ५.सुजन कुमाल ६.अमृत आले ७.विक्रम श्रेष्ठ८.राम बहादुर बि.क ९.बाबु काजि श्रेष्ठ १०.ऋषि तामाङ११.सरस्वती पोखरेल१३.विकास रावल१४.जीवन कुवँर१५.निर्मला गुरुङ१६.केदार नेपाली१७.गोविन्द पाण्डे १८. सरोज नेपाल र सल्लाहकार बीरवल गुरुङ रहेका छन्।

संस्थाको सङ्गठन कार्यमा विशेष सल्लाह सुझाव तथा ब्याबस्थापन कार्यमा सहयोग गर्नु हुने अग्रज साथीहरू नबराज सुबेदी शङ्कर भण्डारी इन्द्र भट्टराई, गोकुल केसी,वासुदेव नेपाल, राजु नेपाल, दुर्गा मान्नधर वन्त, कल्पना धमलालाई तदर्थ समितिको तर्फबाट विशेष धन्यवाद दिइएको छ।