अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको काठमाडौँ सम्पर्क समिति गठन । - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको काठमाडौँ सम्पर्क समिति गठन ।



दीपक भूसाल/भदौ २९ ,काठमांडौ,

विश्वभर रहने अर्घाखाँचीवाँसीको छाता सङ्गठन अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको काठमाडौँ सम्पर्क समिति घोषणा सभा २०१७-७४ सम्पन्न भएको छ । विदेश जाने र आउने जिल्लावाँसीको एकताको लागी अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको काठमांडौमा सम्पर्क समिति अपरिहार्य भएको महसुस गर्दै संस्थाले सङ्गठन विस्तारको पहिलो चरणमा नेपालको केन्द्रीय राजधानी काठमाण्डौवाट आधिकारिक समिति गठन प्रकिया सुरु गरेको छ । अर्घाखाँचीकै युवा समाजसेवी शिवदेव पाण्डे र पत्रकार दीपक भूसालको प्रमुख पहलमा भेला आयोजना गरिएको हो ।

आज बसेको भेलाले शिवदेव पाण्डेको अधक्ष्यतामा ११ सदस्यीय सम्पर्क समिति गठन गरेको छ । जस समितिको अध्यक्षमा शिवदेव पाण्डे, उपाध्यक्ष  रिना आचार्य,महासचिव दीपक भुसाल,सचिव प्रकाश भूसाल,कोषाध्यक्ष  प्रतिभा भुसाल,कार्य समिति सदस्यहरूमा नवराज ज्ञावली,सचिन पाण्डे,कृष्ण प्रसाद घिमिरे,अरुण पाण्डे,ठाकुर प्रसाद आचार्य,लेखनाथ ज्ञावली र साधारण सदस्यमा लक्ष्मण पोख्रेल र योगेश आचार्यलाई चयन गर्दै आजको बैठक सम्पन्न भएको छ ।

यस समिति वैदेशिक रोज़गार वा अन्य प्रयोजनका लागी काठमांडौमा पुग्ने अर्घाखाँचीवाँसीको छाता समिति बन्ने छ । समितिले अबका दिनमा विदेशबाट फर्कने जिल्लावाँसीलाई काठमाडौँ विमानस्थलवाट सिधा गन्तव्य सम्म पुर्‍याउन आवश्यक सहयोग गर्ने गरी कार्यक्रम बनाएको छ ।